पार्टीको नाम र चुनाव चिन्ह हाम्रै हुन्छः ईश्वर पोखरेल

पार्टीको नाम र चुनाव चिन्ह हाम्रै हुन्छः ईश्वर पोखरेल
+
-

झापा- नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली समूहका नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टीको नाम र चुनाव चिन्ह प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको समूहले नै पाउने दाबी गरेका छन्।

झापाको बिर्तामोडमा पार्टीको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले प्रचण्ड-माधव समूहले पार्टी नाम र चुनाव चिन्ह नपाउने बताए। उनले भने, ‘पार्टीको अध्यक्ष जो हो उस्ले नेतृत्व गरेको समूहले पार्टीको नाम र चुनाव चिन्ह पाउँछ। यो अरुको हुनै सक्दैन।’

अघिल्लो चुनाव अघि मिलेर चुनाव गरेर जाने भन्ने विषयमा तत्कालीन नेकपा माओवादी केन्द्रसंग सहकार्य गर्दादेखि नै पुष्पकमल दाहाल प्रचण्डले अर्घेल्याईं शुरु गरेको नेता पोखरेलको आरोप थियो। चुनावपछि बनेको पहिलो सरकारमा तीन सदस्यीय मन्त्रिमण्डल बनेको त्यसैको उपज भएको उनले बताए।

पोखरेलले भने, ‘तर प्रधानमन्त्री ओलीले पार्टी एकतालाई जोगाउन जस्तोसुकै सहमति गर्न तयार छु भनेर जुनसुकै सहमतिमा हस्ताक्षर गर्नु भयो।’ उनले ओली र प्रचण्ड आलोपालो प्रधानमन्त्री बन्ने भन्ने विषयको सम्झौतालाई इंगित गर्दै भने।

प्रतिनिधि सभा विघटन भएपछि ताजा जनादेशमा जानुको विकल्प नभएको उनको भनाइ थियो। जनताले चुनेर पठाएको प्रधानमन्त्रीले जनतासमक्ष चुनावमा जाने निर्णय सही भएको नेता पोखरेलको भनाइ थियो।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष