नेकपा दाहाल–नेपाल पक्ष स्थायी कमिटी बैठकको निष्कर्ष

ओलीको कदमविरुद्धको आन्दोलन उत्साहजनक, संयुक्त संघर्षका लागि अरु पक्षलाई मनाउने प्रयास जारी राख्ने

ओलीको कदमविरुद्धको आन्दोलन उत्साहजनक, संयुक्त संघर्षका लागि अरु पक्षलाई मनाउने प्रयास जारी राख्ने
+
-

काठमाडौँ- संसद पुनःस्थापनाका पक्षमा एक्लै संघर्ष गरिरहेको नेकपा दाहाल–नेपाल पक्षले संयुक्त संघर्षका लागि सरोकारवाला पक्षलाई मनाउने प्रयास जारी राख्ने निष्कर्ष निकालेको छ।

तर, संयुक्त सहकार्यका लागि पहल गरिरहँदा आफूले एकल रुपमै सुरुवात गरेको संघर्षलाई बीचमै नतुहाउने उसले निष्कर्ष निकालेको छ।

बिहीबार पेरिसडाँडामा भएको दाहाल–नेपाल पक्षको स्थायी कमिटी बैठकमा नेकपाको अर्को पक्षको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विवादास्पद रुपमा विघटन गरेको संसद पुनःस्थापनाका लागि हालसम्म गरिएका आन्दोलनको समीक्षा गरेको छ।

बैठकमा सामेल स्थायी कमिटी सदस्य रघुजी पन्तका अनुसार हालसम्म आन्दोलनका लागि प्रदेशको नेतृत्व गरिरहेका इन्चार्जहरुले रिपार्टिङ गरेका छन्।

उनीहरुले हालसम्म ओलीविरुद्ध भएका आन्दोलनमा कार्यकर्ताहरुको विशाल सहभागिता रहेको र उत्साहजनकसमेत रहेको निष्कर्ष सुनाएका छन्।

प्रतिक्रियामा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत उच्च नेताहरुले अहिलेसम्मको आन्दोलन सन्तोषजनक रहेको र यसलाई अझै सशक्त बनाउनुपर्नेमा जोड दिएका थिए।

त्यसका लागि नागरिक समाज, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायत विपक्षी दलहरुसँग सहकार्यको प्रयासलाई निरन्तरता दिनुपर्नेमा उनीहरु केन्द्रीत भएका थिए।

पन्तले देशसञ्चारलाई भने, ‘प्रधानमन्त्री ओलीको संसद विघटनको विरुद्ध अहिले सबै सरोकारवालाहरु संघर्षमा छन्। सबैको संसद पुनःस्थापना गर्ने एउटै उद्देश्य हो। उहाँहरु सबै सडकमै हुनुहुन्छ। हामी पनि सँगसँगै आन्दोलन गछौँ।’

तर विगतका आफ्ना गल्ती नसच्याएसम्म नेकपा दाहाल–नेपाल पक्षको आन्दोलनमा सहकार्य गर्न नसकिने अडान नागरिक समाजका अगुवाहरुले लिइरहेका छन्।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद विघटनविरुद्ध सडक संघर्षलाई निरन्तरता या चुनावमा जाने भन्ने स्पष्ट पारेको छैन।

संयुक्त आन्दोलनका लागि अब तपाईँहरु कसरी यो पक्षलाई मनाउनुहुन्छ? भन्ने प्रश्नमा पन्तले भने, ‘उहाँहरुले हाम्राबारेमा गरेको टिप्प्णी र आलोचना पनि हामीले स्वीकार गरेका छौँ। हामीसँग सहकार्य गर्न उहाँहरु छिट्टै नै तयार हुनुहुन्छ भन्नेमा विश्वास छ।’

आन्दोलन र आफ्नो पार्टीको संगठन विस्तार तथा व्यवस्थित बनाउने विषयमा शुक्रबार बिहान ११ बजे पनि यो पक्षको स्थायी कमिटी बैठक बस्दैछ।

दाहालले बुधबार ओलीको कदमविरुद्ध बिहीबारदेखि हरेक दिनजसो सडकमा लाखौँ मानिस उतार्ने सार्वजनिक रुपमा घोषणा गरेका थिए।

स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशको आन्दोलनको नेतृत्व गरिरहेका युवराज ज्ञवालीले आगामी १५ गते लुम्बिनी प्रदेशमा अध्यक्ष दाहाल र नेपालको समेत सहभागितामा लाखौँ मानिस आमसभामा उतार्ने तयारीमा आफू जुटेको बताए।

उनले भने, ‘हाम्रो आन्दोलन काठमाडौँमा मात्रै केन्द्रीत हुनेछैन। त्यसैले हामीहरु प्रदेशमा अहोरात्र खटिएका छौँ। प्रधानमन्त्री ओलीको असंवैधानिक कदमविरुद्ध संघर्ष चर्काउने हाम्रो योजना छ।’

अध्यक्ष दाहाल र नेपालले लुम्बिनी लगायत यसै महिना उपत्यका बाहिर विराटनगर, सुर्खेत, नेपालगञ्ज, जनकपुरलगायत विभिन्न प्रदेशका शहरहरुमा आयोजना हुने विरोध जुलुसमा सहभागिता जनाउने र सभालाई सम्वोधन गर्ने तयारी गरेका छन्।

केही दिनअघि उनीहरुले पोखरामा आयोजित भेला तथा प्रशिक्षणलाई सम्वोधन गर्दै संसद विघटन असंवैधानिक र आफूहरु आधिकारिक भएको, नेकपा नाम तथा चुनाव चिन्ह आफूहरुले नै पाउने विश्वास आफ्ना कार्यकर्तालाई दिलाएका थिए।

बिहीबार पनि पेरिसडाँडामा बैठक चलिरहेका बेला यो पक्षका केही नेताहरु पालैपालो प्रज्ञाप्रतिष्ठानमा आयोजित भेलालाई सम्वोधन गर्न पुगेका थिए।

प्रवक्ता नारायणकाजी श्रेष्ठले ओली कदमविरुद्धका आन्दोलन सभ्य र भव्य बनाउनेमा आफूहरु केन्द्रीत भएको र आन्दोलनका लागि अरु पक्षसँग पनि सहकार्य गरिरहेको जानकारी दिएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?