नेपाल-भारत मन्त्रीस्तरीय संयुक्त आयोगको एजेण्डामा मतभेद, सीमा विवादबारे कुरा उठाउने नेपाली पक्षको दाबी

नेपाल-भारत मन्त्रीस्तरीय संयुक्त आयोगको एजेण्डामा मतभेद, सीमा विवादबारे कुरा उठाउने नेपाली पक्षको दाबी
+
-

काठमाडौँ- सीमा विवाद लगायत कारणले चिसिएको नेपाल भारतको सम्बन्ध सुधारका लागि पहल सुरु भएको भनिएका बेला मन्त्रीस्तरीय संयुक्त आयोगको एजेण्डाबारे दुई पक्षबीच मतभेद देखा परेको छ।

भारतीय पक्षसँग वार्ताका क्रममा सीमा विवादबारे पनि छलफल हुने दाबीसहित परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको टोली बिहीबार भारतकाे राजधानी नयाँदिल्ली पुगेको थियो।

तर बिहीबार नै भारतीय विदेश मन्त्रालयले सीमा विवाद आयोगको एजेण्डामा नपर्ने विज्ञप्तिबाट स्पष्ट पारेको थियो।

उसले सीमा विवादलाई सचिवस्तरीय संयन्त्र र बाउन्ड्री वर्किङ ग्रुपले आफ्नो काम पूरा गरेपछि मात्रै यो आयोगको बैठकमा छलफल हुनुपर्ने अडान राखेको थियो।

भारतीय विदेशमन्त्रलायका प्रवक्ता अनुराग श्रीवास्तवले आयोग र सीमा विवाद फरक विषय भएको बताएका थिए।

यद्यपि सीमा विवादबारे प्रश्न उठाउने पक्षमा नेपाली टोली अहिले पनि दृढ रहेको नयाँदिल्लीमा रहेका नेपाली टोलीका एक अधिकारीले बताए।

उनले भने,‘भारतीय विदेश मन्त्रालय के कस्तो विज्ञप्ति निकाल्यो त्यसमा म टिप्पणी गर्न चाहन्नँ। तर हामीले हाम्रो सीमा विवादको एजेण्डालाई बैठकमा प्रवेश गराउँछौँ। त्यो हाम्रो योजना हो।’

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभालाई सम्बाेधन गर्दै परराष्ट्रमन्त्रीले भारत भ्रमणका बेला सीमा विवादबारे कुरा उठाउने जानकारी गराएका थिए।

मन्त्री ज्ञवालीले पनि सीमा विवादलाई आफूहरुले प्राथमिकतामा राख्ने दाबी गर्दै आएका थिए। भारतका केही अखबारहरुले पनि यो बैठकमा सीमा विवादबारे छलफल नहुने लेखेका छन्।

यसैबीच मन्त्री ज्ञवालीले शुक्रबार ११ बजे आफ्ना समकक्षी एस जय शंकरलाई हैदरावाद हाउसमा भेट्दै छन्। उनीहरुबीचको राजनीतिक भेटमा इपीजी, द्विपक्षीय सम्बन्ध र कोरोनाविरुद्धको खोप खरीद र अनुदानबारे छलफल हुने बुझिएको छ।

उनीहरुको भेट लगत्तै सोही हाउसमा नेपाल भारत मन्त्रीस्तरीय संयुक्त आयोगको बैठक सुरु हुनेछ । बैठकको भारतले अध्यक्षता गर्ने छ भने त्यहाँ इपीजी, व्यापार, उर्जा, पारवहन, पर्यटन, कनेक्टिभिटीलगायत तीन दर्जन भन्दा बढी एजेण्डामा छलफल हुने बताइएको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?