
झापा – तराईका अधिकांश क्षेत्रमा बाक्लो हुस्सु लागेका कारण विमानस्थलहरू खुल्न सकेका छैनन्।
झापाको चन्द्रगढी विमानस्थलमा अहिलेसम्म ५ मिटर मात्र भिजिबिलिटी रहेको नागरिक उड्डयन प्राधिकरण चन्द्रगढी कार्यालयले जनाएको छ।
कार्यालयका सूचना अधिकारी किशोर खत्रीका अनुसार चन्द्रगढी विमानस्थलमा विमान उडान र अवतरणका लागि २ हजार २ हजार मिटर भिजिबिलिटी आवश्यक पर्छ।
उनले भने, ‘भरे २/३ बजेसम्ममा उडान हुन्छ कि। अहिले त संभव नै छैन।’
विराटनगर विमानस्थलको अवस्था चन्द्रगढीको भन्दा बिग्रेको बताइएको छ। नागरिक उड्डयन प्राधिकरणका अनुसार अहिले विराटनगर विमानस्थलको भिजिविलिटी ५० मिटर मात्र छ। त्यहाँ १ हजार ५ सय मिटर भिजिविलिटी आवश्यक पर्छ।
अन्य विमानस्थलहरू पनि बाक्लो हुस्सुका कारण खुल्न सकेका छैनन्।