प्रधानमन्त्रीको नगरमा झाँक्रीको गर्जन: ‘जबज मान्‍ने एक ठाउँ रहौँ भनेर ओलीले इमोशनल ब्ल्याकमेलिङ गरे’

प्रधानमन्त्रीको नगरमा झाँक्रीको गर्जन: ‘जबज मान्‍ने एक ठाउँ रहौँ भनेर ओलीले इमोशनल ब्ल्याकमेलिङ गरे’
+
-

झापा – नेकपाको प्रचण्ड- नेपाल समुहकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगामी कदम नसच्चिए मुलुक दुर्घटनामा जाने बताएकी छन्।

प्रधानमन्त्री ओलीको प्रतिनिधि सभा विघटन गर्ने कदम कुनैपनि हालतमा सच्चिनु पर्ने उनले बताइन्।

प्रधानमन्त्री ओलीको गृहनगर दमकमा मंगलबार प्रचण्ड-नेपाल पक्षका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै झाँक्रीले नेपाली जनताले बलिदान दिएर ल्याएका उपलब्धिहरु प्रधानमन्त्री केपी ओलीका कारण गुम्ने खतरा रहेको बताइन्।

उनले भनिन्, ‘लोकतन्त्र, गणतन्त्रसहितका सबै परिवर्तन गुम्ने खतरा छ। त्यसैले आन्दोलनमा जानुको विकल्प छैन।‘

प्रधानमन्त्रीले असंबैधानिक रुपमा संसद बिघटन गरेपछि नेपालको राजनीतिक परिवर्तन गुम्ने र परिवर्तनको रक्षा गर्ने भन्नेहरू दुई बाटोमा पुगेको भन्दै झाँक्रीले राजनीतिलाई सही बाटोमा ल्याउन सडकबाट दबाब सिर्जना गर्न अबैलाई आग्रह गरिन्।

उनले भनिन्, ‘निरंकुश राजसंस्थालाई घुँडा टेकाएका नेपाली जनताले ओलीको निरंकुशतालाई पनि पराजित गरेरै छाड्ने छन्।‘

ओलीले चुच्चे रेल, पानी जहाज र हावामा बिजुलीका हावादारी कुरा गर्दा ताली बजाएकै कारण आजको यो दुर्गति भोग्नु परेको भन्दै उनले कुनै योजना र अनुसन्धान बिना बोलिएका हावादारी कुरालाई ‘हो’ भनिदिँदा ओलीको महत्वाकांक्षा बढेको टिप्पणी गरिन्।

हिजो ओलीलाई प्रधानमन्त्री र विद्यादेवी भण्डारीलाई राष्ट्रपति बनाउन पुष्पकमल दाहाल प्रचण्डको समर्थनविना सम्भव नभएको उनले बताइन्।

त्यो बेला जनताको बहुदलीय जनवादको सौदाबाजी गर्ने ओली आफैं भएको झाँक्रीले दाबी गरिन्। उनले भनिन्, ‘जनताको बहुदलीय जनवाद मान्ने एमालेहरू एकै ठाउँ रहौं भनेर इमोसनल ब्ल्याकमेलिङ भइरहेको छ।’

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष