बंगलादेश-भारत-नेपाल सीधा आवागमन परीक्षणका बस ढाकाबाट हिँडे

बंगलादेश-भारत-नेपाल सीधा आवागमन परीक्षणका बस ढाकाबाट हिँडे
+
-

काँकरभिट्टा- बिबिआइएन मोटर भहिकल सम्झौता अनुरुप बैशाख १० गतेदेखि १३ गतेसम्म बंगलादेश, भारत र नेपालविच सिधा यात्रु बस आवागमनको परीक्षणका लागि बंगलादेशको राजधानी ढाकाबाट दुईवटा बस सोमबार छुटेका छन्।

उक्त परीक्षण सञ्चालनका लागि नेपालका अधिकारीहरु हिजो हवाई मार्ग हुँदै बंगलादेशको ढाका गएका थिए। सोमबार बंगलादेशको रंगपुरमा बास बस्ने कार्यक्रम रहेको टोलीमा सहभागी मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख टेकबहादुर अर्यालले जानकारी दिए।

करिब ३० जना सरकारी अधिकारीहरु लिएर ढाकाबाट हिँडेको बस मंगलबार भारतको सिलिगुडी पुग्नेछन्। बुधबार बिहान काँकरभिट्टा हुँदै नेपाल आइपुग्ने अर्यालले जानकारी दिए।

परीक्षण सञ्चालनको रुट ढाका-बंगलाबन्द, फुलबारी-पानीटेंकी, काँकरभिट्टा- काठमाडौं छ।

बंगलादेश, भुटान, भारत र नेपालबीच सीधा यात्रु बस आवागमनका लागि सन् २०१५ को जुन १५ तारिखमा सम्झौता भएको थियो। भुटानबाहेक सबै देशका सदनहरुले उक्त सम्झौता अनुमोदन गरिसकेका छन्। भुटानले भने त्यस विषयमा चासो देखाएको छैन।

यात्रामा सम्मिलित तीन देशका अधिकारीहरु।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?