
बुटवल– रुपन्देहीमा एक महिलालाई बलात्कार गरेको अभियोगमा एकजना प्रहरी जवानसहित २ जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार कञ्चन गाउँपालिकामा एक महिलालाई सामुहिक बलात्कार गरेको र अर्की एकजनाको नग्न फोटो सार्वजनिक गरेको आरोपमा एक प्रहरी जवानसहित २ जना पक्राउ परेका हुन्।
गत कात्तिक २३ गते कञ्चन गाउँपालिका ४ भैसाहीमा दुई कशोरी सँगै बसेको बेला एक जनामाथि सामुहिक बलात्कार भएको थियो। प्रहरी जवानसहितका ४ जनाले अर्को एकजनाको नग्न फोटो खिचेका थिए।
उक्त घटनामा चार जनाविरुद्ध जाहेरी परेको र त्यसमध्ये दुइ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख एसपी प्रविण पोखरेलले बताए।
‘कात्तिक २३ गते बेलुका साढे ८ बजे घट्ना भएको भन्ने छ। ट्राफिक प्रहरीका जवान पनि संलग्न छन्,’ उनले भने।
कपिलवस्तुको वाणगंगा नगरपालिका घर भएका प्रहरी जवान विशाल शर्मा र सोही ठाउँका गुरुचरण चौधरीलाई पक्राउ गरी अनुसन्धान थालिएको एसपी पोखरेलले बताए।