झापामा पहिलो चरणमा १० हजार जनालाई कोरोना खोप लगाउने लक्ष्य

झापामा पहिलो चरणमा १० हजार जनालाई कोरोना खोप लगाउने लक्ष्य
+
-

झापा – झापामा पहिलो चरणमा १० हजार जनालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने लक्ष्य राखिएको छ।

जस्का लागि प्रदेश सरकार मातहतका अस्पताल र नगरपालिकाहरूले सञ्चालन गरेका अस्पतालहरूमा तयारी गरि राखिएको छ।

झापामा बुधबारदेखि कोरोनाविरुद्धको लगाउन सुरु गरिने भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ।

स्वास्थ्य कार्यालय झापाले २७ हजार जनालाई पहिलो चरणमा खोप लगाउनुपर्ने बताए पनि पहिलो चरणमा १० हजार जनालाई खोप दिइनेछ।

कार्यालयका कोरोना फोकल पर्सन जीवन चौंलागाईंका अनुसार चरण/चरणमा कोरोना खोप लगाइने छ।

उनले भने, ‘अहिले पनि हामीले खोप लगाउने अभियान शुरु गर्नका लागि भनेर कुदिरहेका छौं।’

स्वास्थ्य कार्यालयका अनुसार कोरोनाको उपचारमा खटिएका फ्रन्टलाइनका स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, फ्रन्टलाइनका सुरक्षाकर्मी, कोरोना लागेर मृत्यु भएकाहरूको शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मीलगायतलाई पहिलो चरणमा खोप दिइने छ।

झापाको मेची अस्पताल भद्रपुर तथा नगर अस्पतालहरूबाट कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिने चौंलागाईंले बताए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष