मर्चवार हत्या प्रकरणः भाइसहित ६ जना पक्राउ

मर्चवार हत्या प्रकरणः भाइसहित ६ जना पक्राउ
+
-

बुटवल- रुपन्देही प्रहरीले मर्चवारमा आगो लगाइ हत्या भएको घटनामा संलग्न भएको अभियोगमा ६ जनालाई पक्राउ गरेको छ।

यही माघ ६ गते मायादेवी गाउँपालिका–७ गैरगट्टी दानव नदी नजिकै हत्या गरिएका ३४ वर्षीय राजेन्द्र यादवको हत्यामा संलग्न ८ जनामध्ये आरोपित ६ जना योजनाकार र परिवारका सदस्यहरुलाई पक्राउ गरेको हो।

यादवका भाइ, काका र काकाको सम्धीले सम्पत्तिका लागि हत्या गरेको प्रहरी अनुसन्धानबाट पुष्टि भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रविण पोखरेलले बताए।

एक हप्ताअघि भएको घटनामा संलग्न अभियुक्तमध्ये मुख्य योजनाकार सियारी २ बस्ने रामबेलाश यादव, बुद्धिराम कोहार, मृतकको भाइ विरेन्द्र यादव, काकाको सम्धी सन्त कुमार यादव, हत्याका सहयोगी सिद्धार्थनगर ११ का राकेश यादव र अफताव मुसलमानलाई पक्राउ गरी नियन्त्रणमा लिएको प्रहरी उपरिक्षक पोखरेलले बताए।

अपराधमा संलग्न मध्यस्तकर्ता लङगारे भन्ने ईन्द्रजित यादव र सोनु मुराउ फरार रहेका छन्।

यादवका काकाले मान्छे मार्ने मध्यस्तकर्तालाई पच्चीस लाख वा १ कठ्ठा जग्गा दिने शर्तमा हत्या गराएको प्रहरी अनुसन्धानमा खुलेको उनले बताए। घटनाका मुख्य योजनाकार बुद्धिराम कोहारले नगद २० हजार र ५० हजार गरी दुई पटकमा ७० हजार मृतकको काकाबाट लगेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?