
बुटवल– नेकपा दाहाल–नेपाल पक्षले बुटवलमा शक्ति प्रदर्शन गरेको छ। प्रतिनिधि सभा विघटनको विरोधमा आन्दोलनरत दाहाल–नेपाल पक्षले बुटवलमा लुम्बिनी प्रदेशका नेता कार्यकर्ता भेला पारेर प्रदर्शन गरेको हो।
प्रदर्शनपछि बुटवलमा विरोध सभा शुरु भएको छ।
सभामा सम्बोधन गर्न नेकपा दाहाल–नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल बुटवल आइसकेका छन्।
कार्यक्रममा नेताहरु युवराज ज्ञवाली, घनश्याम भुसाल, चक्रपाणि खनाल, वर्षमान पुन, ठाकुर गैरे लगायतले सम्बोधन गर्ने नेकपाका नेता सिद्धिचरण भट्टराईले जानकारी दिए।
बुटवलको राजमार्ग चौराहा, जितगढी, गोलपार्कबाट निस्केको विरोध जुलुसमा सहभागीहरुले प्रतिनिधि सभा पुनर्स्थापना गर्नुपर्ने, प्रतिगामी कदम फिर्ता गर्नुपर्ने जस्ता नारा लगाएका थिए।