ओलीले श्री ३ महाराज बन्‍ने सपना देख्नुभयो- प्रचण्ड

ओलीले श्री ३ महाराज बन्‍ने सपना देख्नुभयो- प्रचण्ड
+
-

बुटवल-नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओलीले श्री ३ महाराज बन्ने सपना देखेको आरोप लगाएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभाको विघटनविरुद्ध बुटवलमा आयोजना गरिएको विरोधसभालाई सम्बोधन गर्दै उनले ओलीको निरंकुशता धेरै नटिक्ने दावी गरेका छन्।

केपी ओलीले जनताका सपनामाथि कुठाराघात गरेको आरोप लगाउँदैं प्रचण्डले ‘केपी ओलीको निरंकुशता चुट्कीको भरमा ध्वस्त हुने’ बताए।

सभामा प्रचण्डले भने–‘आज केपी ओलीले सबै जनताको सपनामाथि कुठाराघात गर्ने, लोकतन्त्रको हत्या गर्ने र श्री ३ महाराजधिराज बन्ने सपना देखेका छन्। अब केपी ओलीको निरंकुशता चुट्कीको भरमा ध्वस्त हुने छ।’

उनले केही महिनाभित्रै ‘केपीको स्वेच्छाचारिता अन्त्य हुने र नयाँ युगको सुरुवात हुने’ दाबी गरे। बुटवलको भेलालाई सम्बोधन गर्दै उनले केपी ओलीबाट संविधान र लोकतन्त्रको हत्या भएको भन्दै त्यसको रक्षाका निम्ति अपील गर्न आफू आएको बताए।

पार्टी एकताको मर्म विपरित केपी ओलीले तीन वर्ष नबित्दै एकताको सहमती तोड्ने काम गरेर ‘आज आफ्नै पार्टी भित्र आफैंले बनाएको प्रधानमन्त्री र अध्यक्ष निरंकुशताको एजेन्ट जस्तो देखा परेको’ प्रचण्डको आरोप थियो।

उनले ओलीको प्रतिगमनविरुद्ध अदालतमा गएको मुद्धाबारे अदालतले सुनाउने फैसलाप्रति पूर्ण विश्वस्त रहेको बताए। प्रचण्डले भने–‘म आशंका गर्न चाहन्न।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?