प्रधानमन्त्री ओलीको गृह जिल्ला झापामा पनि शुरु भयो नागरिक आन्दोलन

प्रधानमन्त्री ओलीको गृह जिल्ला झापामा पनि शुरु भयो नागरिक आन्दोलन
+
-

झापा – प्रतिनिधि सभा विघटनलगायत प्रधानमन्त्री केपी शर्मा ओलीले चालेका असंवैधानिक कदमविरुद्ध प्रधानमन्त्री ओलीकै जिल्ला झापामा पनि नागरिक आन्दोलन शुरु भएको छ।

संविधानको रक्षा र प्रतिनिधि सभा पुनर्स्थापनाका लागि झापाको काँकरभिट्टाबाट नागरिक आन्दोलन सुरु भएको हो।

बिहीबार नागरिक समाजले आयोजना गरेको विरोध प्रदर्शनमा स्वतः स्फूर्तरुपमा आम नागरिक सहभागी थिए ।

उक्त प्रदर्शन युवाले अगुवाई गरेका थिए भने राजनीतिक दलका नेता पछिल्ला भागमा बसेर प्रदर्शनमा सहभागी भएका थिए।

‘संबिधानलाई कुल्चेर, नैतिकतालाई बिर्सेर, चुटकिला अझै जारी छ, जनतालाई दुःखको भारी छ’

‘खड्ग ओलीको अभिमान, हत्या भयो संविधान’ लगायत नारा उल्लेख भएका प्लेकार्ड बोकेर नागरिक प्रदर्शनमा उत्रेका थिए।

जुलसुमा युवा, आम नागरिक, बिद्यार्थी, शिक्षक, ब्यवसायी लगायत विभिन्न दलका नेता तथा कार्यकर्ताहरु सहभागी थिए ।

जुलुसका सहभागीहरुले प्रधानमन्त्रीको असंबैधानिक कदमलाई राष्ट्रपतिले अभिभावकको भूमिका निर्वाह गर्न नसकेकोमा नाराकै लयमा डगमगायो स्थायित्व, खोई राष्ट्रिपतिको दायित्व ? भन्दै प्रश्न गरे ।

काँकरभिट्टाको हनुमान मन्दिर परिसरबाट शुरु भएको र्यालीले बजारको परिक्रममा गरी सोही स्थानमा पुगेर कोण सभामा परिणत भएको थियो।

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष