
झापा – प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा भारत किसनगंज धनतोला पंचायत वडा नं. १ महमारी खरुवानटोल थाना दिगलबैंक बस्ने २२ वर्षीय अहमद हुसेन र सोही ठाउँका २६ वर्षीय महमद जमसेह रहेका छन्।
बिहीबार बिहान झापा गाँउपालिका वडा नं. ४ स्थित सुकुम्बासी टोलमा प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई ९८० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो।
दुवैलाई जिल्ला प्रहरी कार्यालय झापामा ल्याएर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले बताए।