काठमाडौँ- आफ्नो आधिकारिकताका लागि दाबी गर्दै निर्वाचन आयोगलाई पत्र लेख्ने निर्णय गरे लगत्तै नेकपा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधकुमार नेपाल पक्ष छलफलमा जुटेको छ।
सोमबार बबरमहलस्थित कार्की पार्टी प्यालेसमा बसेको यो पक्षको केन्द्रीय कमिटी बैठकले आफ्नो आधिकारिकताका लागि दाबी गर्दै आयोगलाई पत्र लेख्ने निर्णय गरेको थियो।
त्यसलगत्तै आफूहरु पत्र लेखनका लागि छलफलमा जुटेको यो पक्षका नेता लिलामणी पोखरेलले देशसञ्चारलाई जानकारी दिए।
उनले भने,‘ हामीले आफ्नो आधिकारिताका लागि निर्वाचन आयोगलाई पत्र लेख्ने निर्णय गरिसकेका छौँ। पत्रका सम्बन्धमा छलफल गर्न अहिले बैठक भइरहेको छ। पत्रबारे छिट्टै निष्कर्ष निस्कनेछ।’

भर्खरै
लोकप्रिय






































































































































































































