
काठमाडौँ – सोमबार मध्यरातमा नेपाली सेनाले काठमाडौँको सडकमा बख्तरबन्द परेड निकालेको छ। १० युद्ध कवज गण स्वयम्भूबाट हातहतियारले सुसज्जित बख्तरबन्द गाडीसहित सडकमा नेपाली सेनाले परेड निकालेको हो।
१६ यसअघि तत्कालीन राजा ज्ञानेन्द्र शाहले आफ्नो शासन हातमा लिँदा बख्तरबन्द गाडी सडकमा निकालिएको थियो। यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछिको विकसित राजनीतिक घटनाक्रम भइरँदा नेपाली सेनाले भने उक्त परेडलाई सेनाले यसलाई ‘नियमित अभ्यास’ नै भनेको छ।
सैनिक प्रवक्ता तथा सहायकरथी सन्तोषबल्लभ पौडेलले नियमित अभ्यास योजना अनुसार सोमबार राति सेनाको गाडीले चक्रपथको चक्कर लगाएको बताएका छन्। सेनाका अनुसार राति बख्तरबन्द गाडीहरुले काठमाडौँ चक्रपथको एक चक्कर लगाएको हो।
सेनाको तर्कअनुसार व्यारेकभित्र गरेको अभ्यासलाई अझ निखार्नको लागि सडकमा पनि अभ्यास गर्नुपर्ने हुन्छ। त्यसका लागि सडक जाम नहुने समय पारेर रातिको समयमा सैन्य गाडी सडकमा निकालिएको छ ।
देश सञ्चारका फोटो पत्रकार बर्षा शाह र सुलभ श्रेष्ठले खिचेका तस्बिरहरु: