
काठमाडौँ – नेकपा (प्रचण्ड–नेपाल खेमा) ले आह्वान गरेको आम हड्तालका कारण परीक्षा दिनु पर्ने विद्यार्थी तथा दैनिक ज्याला मजदूरी गर्ने कामदाहरु सास्ती खेप्न बाध्य भएका छन् ।
काठमाडौँ उपत्यकाका भित्री सडकहरुमा आंशिक रुपमा पसल तथा व्यवसायहरु खुल्ने क्रममा छन् । बाटो सामान्य दिनमा जस्तो व्यस्त छैन ।
तर परीक्षा दिनु जानु पर्ने विद्यार्थी तथा मजदुरहरु भने काममा निस्केका छन् । उनीहरुलाई गाडी पर्याप्त रुपमा नचल्दा समस्या भएको छ ।
नेकपा (प्रचण्ड–नेपाल खेमा) ले सरकारले संवैधानिक निकायमा गरेको नियुक्तिको विरोधमा बिहीबार आम हड्ताल गरेको हो ।
हड्ताल गर्नेहरुलाई नियन्त्रणमा लिन तथा शहरको अवस्था सामान्य पार्नका लागि सुरक्षाकर्मीको तैनाथी बढाइएको छ । तर पनि आंशिक रुपमा बन्दको प्रभाव परेको छ ।