ओली निर्वाचन आयोगमा

‘निर्वाचन आयोगमा पार्टी आएकाे हाेइन, प्रधानमन्त्री आउनु भएको हो’

‘निर्वाचन आयोगमा पार्टी आएकाे हाेइन, प्रधानमन्त्री आउनु भएको हो’
+
-

काठमाडाैँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख १७ र २७ गते तोकिएको निर्वाचनको तयारीका सम्बन्धमा निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरेका छन्।

मंगलबार कान्तिपथस्थित आयोगको कार्यालयमै पुगेर ओलीले निर्वाचनका लागि आयोगले गरिरहेको तयारीका बारेमा जानकारी लिएका हुन्।

छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियामा निर्वाचनको तयारीका लागि हालसम्म भएका कार्यप्रगतिबारे जानकारी गराएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

उनका अनुसार आयोगले गरेको तयारीप्रति प्रधानमन्त्री ओलीले सन्तोष व्यक्त गरेका छन्।

मंगलबार आयोगका पदाधिकारीसँग नेकपाको विवाद सम्बन्धमा कुनै छलफल नभएको थापाले बताए।

संचारकर्मीको जिज्ञासामा उनले भने, ‘आज आयोगमा छलफल गर्न प्रधानमन्त्री आउनुभएको हो पार्टी आएको हैन । मुल विषय नेकपा विवाद थिएन ।’

तर प्रमुख निर्वाचन आयुक्त थपलियाले नेकपा विवादबारे यसअघि आयोगले दिएको निर्णय र त्यसपछि माघ २० गते आधिकारिकताका लागि प्राप्त भएको अर्काे निवेदनबारे प्रधानमन्त्रीलाई जानकारी गराएको थापाले बताए।

छलफलमा प्रधानमन्त्री ओलीले निर्वाचनको विकल्प नभएकोले तयारीको कामलाई निरन्तर अगाडि बढाउन आयोगलाई सुझाव दिएका छन्।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले प्रधानमन्त्री ओलीले निर्वाचनको तयारी कस्तो छ भनेर सोधेको र त्यसको जवाफमा प्रमुख निर्वाचन आयुक्तले भइरहेको तयारीबारे जानकारी गराएको बताए।

प्रधानमन्त्री ओलीले निर्वाचनको तयारीका लागि सरकारका तर्फबाट सम्पूर्ण सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेको उनले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?