
बुटवल – निर्वाचनको स्वागतमा सत्तामा रहेको नेकपा (ओली समूह)को शक्ति प्रदर्शन बुटवलमा सुरु भएको छ। बुटवलको सिद्धेश्वरी स्कुलको मैदानमा हुने सभाअगाडि नगरका विभिन्न क्षेत्रबाट जुलुस निस्केको छ।
लुम्बिनी प्रदेशस्तरीय यो सभामा २ लाख जनता सहभागी हुने नेकपा स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बताएका थिए।
सभामा सम्बोधन गर्न नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली, महासचिव तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, नेताहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट लगायत बुटवल पुगेका छन्।