भद्रपुरबासीद्वारा नगरपालिका कार्यालय घेराउ, नाका खुलाउन माग

भद्रपुरबासीद्वारा नगरपालिका कार्यालय घेराउ, नाका खुलाउन माग
+
-

झापा- भारतसँग जोडिएको पूर्वी नेपालको भद्रपुर नाका खुलाउन माग गर्दै भद्रपुरबासीले आइतबार भद्रपुर नगरपालिका कार्यालय घेराउ गर्दै नाराबाजी गरेका छन्।

नेपाली कांग्रेसको भद्रपुर वडा नं ५ समितिको नेतृत्वमा भेला भएका नगरबासीले आइतबार बिहान भद्रपुर नगरपालिकाको कार्यालय घेराउ गरेका हुन्।

कोरोना भाइरस महामारीका कारण बन्द गरिएको भद्रपुर नाका बन्द भएको ११ महिना बित्न लाग्दासमेत खुलाउन सरकार गम्भीर नदेखिएको भन्दै भद्रपुरबासी आन्दोलित भएका हुन्।

उनीहरुले ‘सीमा नाका खुला गर, बेरोजगारलाई रोजगार दे, लोकतन्त्र जिन्दावाद’ लगायतका नारा लगाएका थिए।

नाराबाजीपछि कांग्रेस वडा समितिले तुरुन्त नाका खुलाउनु पर्ने माग राख्दै भद्रपुर नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ।

वडा समितिका सभापति रमेशचन्द्र झाले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ भट्टराईलाई ज्ञापनपत्र बुझाए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष