गुल्मीको पराल्मीमा जिप दुर्घटना, तीनजनाको मृत्यु

गुल्मीको पराल्मीमा जिप दुर्घटना, तीनजनाको मृत्यु
+
-

बुटवल-गुल्मीको पराल्मीमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ, अरू ६ जना घाइते भएका छन् ।

बुधबार तम्घासबाट रेसुंगा नगरपालिका १४ पराल्मी जाँदै गरेका लु १ ज १९८८ नम्बरको जीप दुर्घटना हुदा रेसुंगा नगरपालिका १४ का ४८ बर्षीय एक बहादुर पोख्रेलको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक पुरुषोत्तम प्रसाद पाण्डेयले जानकारी दिए।

त्यस्तै पराल्मीकै ४७ बर्षीय गोमा नेपाली र २८ बर्षीय शान्ता नेपालीको उपचारको क्रममा गुल्मी अस्पताल तम्घासमा ज्यान गएको पाण्डेयले जानकारी दिए।

त्यस्तै रेसुंगा नगरपालिका १४ का जिप चालक २२ बर्षीय भरत पोख्रेल, २७ बर्षीय बिर बहादुर सुर्यवंशसी, ३७ बर्षीय गोमा सामत, ६५ बर्षीय देव बहादुर नेपाली, २७ बर्षीय प्रकाश नेपाली र साढे ४ बर्षीय खुसी नेपाली घाइते भएका छन्।

जिप सडकबाट २ सय मिटर तल खसेको छ । दुर्घटनाका घाइतेहरुको नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले उद्धार गरेर गुल्मी अस्पताल तम्घास ल्याएका थिए।

चालक भरत पोख्रेल र विर बहादुर सुर्यवंशीलाई गुल्मी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि लुम्बिनी मेडिकल प्रभास पाल्पा रेफर गरिएको प्रहरीले जनाएको छ।

अरू चार जनाको गुल्मी अस्पतालमा उपचार भइरहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?