
झापा – नेपाल कम्युनिष्ट पार्टी नेकपाको झापा जिल्लाको पार्टी कार्यालयमा प्रचण्ड-माधव समूहले शनिवार तालबन्दी गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्लासमेत रहेको झापाको पार्टी कार्यालयमा तालाबन्दी गरेको प्रचण्ड-माधव समूहका जिल्ला इन्चार्ज रविन कोइरालाले जानकारी दिए।
यस अघि पार्टीको आधिकारिकताको टुङ्गो नलागेसम्म दुबै पक्षले पार्टी कार्यालय नखोल्ने सहमति बनेपनि ओली पक्षबाट यस अघि पटक-पटक कार्यालय खोलेको जानकारी पाएपछि आफूहरूले तालाबन्दी गरेको कोइरालाले बताए।
उनले भने, ‘पार्टीको आधारिकता विवाद टुंगो नलागुन्जेल कसैले पनि प्रयोग गर्न नपाओस् भनेर तालाबन्दी गर्ने काम गरिएको हो।’
तर ओली पक्षले भने ताला फुटाएर पार्टी कार्यालय खोल्ने जनाएको छ। ओली पक्षका अध्यक्ष चिन्तन पाठकले तालाबन्दी खोल्ने बताए।
उनले भने, ‘तालाबन्दी खोलेर अब अध्यक्षले आफ्ना सम्पूर्ण काम कार्यालयबाट गर्छ। अध्यक्षले आफ्नो कार्यकक्ष खोल्छ।’