नेपाल-अंग्रेज युद्धस्थल नुवाकोटगढी पुग्न बन्ने भयो केबलकार

नेपाल-अंग्रेज युद्धस्थल नुवाकोटगढी पुग्न बन्ने भयो केबलकार
+
-

बुटवल- नेपाल-अंग्रेज युद्धताकादेखिकै गढी रहेको नुवाकोटगढी पुग्न बुटवलबाट केबलकार निर्माण हुने भएको छ।

सन् १८१४ ताका तत्कालीन पाल्पाली राजा मणिमुकुन्द सेनले अंग्रेजी फौजसँगको युद्धमा त्यतिबेलाको पाल्पा राज्यलाई विजयी गराउन बुटवलको जितगढी र नुवाकोटबाट युद्ध गरेका थिए।

त्यही युद्धस्थलसम्म बुटवलबाट पुग्ने गरी केबलकार बन्न लागेको हो।

बुटवल उपमहानगरपालिका–१, देउराली डाँडादेखि पाल्पाको तिनाउ गाउँपालिका– २, नुवाकोटगढी चल्ने सिद्धार्थ केबुलकारको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आइतबार शिलान्यास गरे।

केबलकारको शिलन्यास गर्दै उनले केबलकारकै कारण पर्यटक आगमनका साथै आर्थिक चलायमान हुने बताए। उनले रुपन्देही विकासका दृष्टिले देशकै नमुना जिल्लाका रुपमा स्थापित हुने बताए।

रुपन्देही क्षेत्रका व्यवसायीको लगानीमा १८ महिनामा तयार हुने केबलकारका लागि आवश्यक संरचना निर्माणका लागि १ वर्षअघि नै मन्त्रिपरिषदबाट जग्गा भोगचलनको स्वीकृत पाएको थियो।

ऐतिहासिक एवं पुरातात्त्विक महत्त्व बोकेको मणिमुकुन्द सेन उद्यान फूलबारीदेखि उत्तरपूर्वमा रहेको देउरालीबाट पाल्पाको नुवाकोटगढीसम्म सञ्चालन हुने केबुलकारको लम्बाइ २ किमि ९० मिटर रहने छ।

८० करोड लगानीमा केबुलकार र करिब डेढ अर्बको लगानीमा नुवाकोटगढीमा रिसोर्ट सञ्चालन गर्ने सिद्धार्थ केबुलकारका सञ्चालक माधव नेपालले जानकारी दिए।

केबुलकार चढेर पुगिने स्थान नुवाकोटमा एतिहासिक, धार्मिक तथा पुरातात्विक महत्वका काल भैरव मन्दिर, भ्यू टावर काठेगढी, उजिरसिंह पार्क, सेनकालीन इनार (रानी इनार) भग्नावशेष सेनकालीन दरबार, नुवाकोटगढी रहेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?