मन्त्रिपरिषद्ले गरेन विप्लव नेकपामाथिको प्रतिबन्ध फुकुवा

मन्त्रिपरिषद्ले गरेन विप्लव नेकपामाथिको प्रतिबन्ध फुकुवा
+
-

काठमाडौँ-सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माथिको प्रतिबन्ध मंगलबार फुकुवा गर्ने अनुमान गरेपनि त्यसो गरेन।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विप्लव नेकपामाथिको प्रतिबन्ध फुकुवा गर्ने अनुमान व्यापकरुपमा गरिएको थियो।

तर सरकारी उच्च स्रोतका अनुसार मंगलबारको बैठकमा यस विषयमा छलफल समेत भएन।

स्रोतले देशसञ्चारसँग भन्यो,‘बाहिर जे अनुमान गरियो त्यो अनुसार आज कुनै पनि निर्णय पनि भएको छैन। विप्लव समूहबारे छलफल समेत भएन।’

वार्ताको वातावरण बनाउनका लागि सरकारले विप्लव नेकपामाथिको प्रतिबन्ध फुकुवाको तयारी गरेको अनुमानहरु भएका थिए।

राष्ट्रिय सुरक्षा तथा स्थायित्वमा असर परेको भन्दै मन्त्रीपरिषदले विप्लव नेतृत्वको नेकपामाथि २०७५ फागुन २८ मा प्रतिबन्ध लगाएको थियो ।

उसमाथि हिंसात्मक गतिविधिमा संलग्न भएको आरोप सरकारको थियो ।

गत शनिबार नेकपा महासचिव विप्लवले विज्ञप्ति जारी गरेर सरकारले वातावरण बनाएमा वार्ताका लागि तयार रहेको बताएका थिए ।

यो बीचमा सरकार र विप्लव नेकपाबीच सहमतिसमेत भइसकेका सूचनाहरु आएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?