प्रधानमन्त्री ओलीको चेतावनी –संसद पुनर्स्थापना भयो भने के हुन्छ त्यो अदालतलाई पनि थाहा छ

प्रधानमन्त्री ओलीको चेतावनी –संसद पुनर्स्थापना भयो भने के हुन्छ त्यो अदालतलाई पनि थाहा छ
+
-

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुनःस्थापना भएमा आफूसँग हालै अलग भएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल हल बाँधेर प्रधानमन्त्री खोज्न निस्कने टिप्पणी गरेका छन्।

ओलीले मंगलबार राजधानीमा आयोजित युवा संघको भेलामा प्रचण्ड र नेपाल अन्ततः प्रधानमन्त्री पद खोज्दै हिँड्ने दाबी गरेका हुन्।

उनले भने,‘ संसद पुनःस्थापना भयो भने यहाँ के हुन्छ भन्दा प्रचण्डजी र माधवजी हल बाँधेर प्रधानमन्त्री खोज्न हिँड्नुहुन्छ। कहिले उत्तर त कहिले दक्षिणतिर लाग्नुहुनेछ। के उहाँहरुको प्रधानमन्त्री हुने सम्भावना छ? एकभन्दा पनि तलतल प्रतिशत छैन। प्रधानमन्त्री खोज्दा खोज्दै नपाएपछि अन्तममा मैसँग आउन बेरसमेत लगाउनुहुन्न।’

प्रधानमन्त्री ओलीले घुमाउरोरुपमा सर्वोच्च अदालतलाई चेतावनी दिएका छन्।

उनले भने,‘ सर्वोच्च अदालतबाट जस्तोसुकै परिस्थिति आएपनि स्वीकार गर्छु भन्नु रक्षात्मक भयो भनिन्छ। तर संसद पुनःस्थापना भयो भने के हुन्छ त्यो अदालतलाई पनि थाहा छ।’

संसद पुनस्र्थापना हुने सम्भावना नरहेको जिकिर गरेका प्रधानमन्त्री ओलीले सूर्य चिह्न आफ्नै पोल्टामा पर्ने दाबी पनि प्रस्तुत गरे।
मानिसहरुले हल्ला चलाएजस्तो मुलुक जटिल परिस्थतिमा नगएको र त्यसतर्फ जान पनि नदिने उनको भनाई थियो।

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?