प्रधानमन्त्रीको राजीनामाका विषयमा छलफल भएनः प्रदीप ज्ञवाली

प्रधानमन्त्रीको राजीनामाका विषयमा छलफल भएनः प्रदीप ज्ञवाली
+
-

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिने नेकपा ओली खेमाले जनाएको छ।

बालुवाटारमा बसेको स्थायी कमिटी बैठकपछि पत्रकारलाई प्रतिक्रिया दिनेक्रममा परराष्ट्र मन्त्रीसमेत रहेका नेकपा ओली खेमाका प्रवक्ता प्रदीप ज्ञवालीले राजीनामाको विषयमा छलफल नभएको बताए।

उनीसँगको संक्षिप्त कुराकानीः

बैठकमा के विषयमा कुरा भयो?

स्थायी समिति बैठकमा सर्वोच्चको फैसलापछिको राजनीतिक परिवेशबारे छलफल केन्द्रित भयो। प्रधानमन्त्रीको राजीनामाका सम्बन्धमा केही कुरा भएन।

तपाईँहरुका पक्षमा रहेका नेताहरुले प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनु पर्ने भन्छन् नि?

एक दुईजनाले बोलेर हुँदैन। पार्टीले गरेको निर्णय नै आधिकारिक हुन्छ।

अबको राजनीति परिवेश कस्तो हुन्छ वा तपाईँहरुको रणनीति के छ?

हामीले हामीले यस विषयमा दलहरुसँग छलफल गरिरहेका छौँ। हाम्रै पार्टीभित्र पनि कुराकानी भइरहेको छ। मुलुकलाई अन्यौल र अनिर्णयको बन्दी बनाउनु हुँदैन र अस्थिरता तर्फ लैजानु हुँदैन भन्ने हाम्रो मान्यता हो। प्रधानमन्त्रीले तत्काल राजीनामा दिँदा अस्थिरतातर्फ देश जाने हाम्रो ठहर छ।

वामदेव गौतमलाई आफ्नो खेमामा ल्याउने तयारी थाल्नुभएको भन्ने छ नि?

हामी हिजो पनि पार्टी एकताको पक्षमा थियौँ र आज पनि। पार्टी विभाजन भएको छैन। हामीले कसैलाई कारवाही पनि गरेका छैनौँ। मात्रै केही जिम्मेवारी हेरफेर मात्रै भएको हो। सोही हेरफेरको क्रममा नारायणकाजी श्रेण्ठलाई हटाएर मैले प्रवक्ताको जिम्मेवारी पाएको हुँ। पार्टी एकताको सम्भावना अझै छ, त्यसका लागि हुन सक्ने प्रयास हामी गर्छौँ।

सर्वोच्चको फैसला मान्नु हुन्छ त?

सर्वोच्चको सम्मानित फैसलालाई आत्मसाथ गर्छौँ। संविधानको रक्षाका लागि यो फैसलाका लागि आएको ठान्छौँ। हामी विधिको शासन मान्ने छौँ। तर सो फैसलापछिको राजनीतिक परिदृष्य कसरी अघि बढ्छ त्यो हेरिनु पर्छ। अस्थिरतातर्फ जान्छ कि भन्ने चिन्ता हो हाम्रो। आजको बैठक विधिको शासन र शक्ति पृथकीकरणको विषयलाई कायम गर्ने विषयमा केन्द्रीत रह्यो।

विभिन्न स्थानमा शक्ति प्रदर्शन हुँदै आएको थियो र तयारी पनि अब के हुन्छ त?

ती प्रदर्शनहरु हुन्छन् तर स्वरुप परिवर्तन हुन्छ।

उसो भए तपाईँहरु तत्काल के गर्दै हुनुहुन्छ?

हामीले छिट्टै केन्द्रीय समितिको बैठक बोलाउने छौँ। संसदीय दलको बैठक पनि बस्छ। यसैगरि स्थायी समितिको बैठक भोलि (बिहीबार) पनि बस्नेछ। यो र हाम्रा आउँदा बैठकहरुले गरेको निर्णय नै आधिकारिक हुनेछन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?