प्रतिनिधिसभा पुनःस्थापनाले लोकतन्त्र दिगो हुन्छ: लयर्स एशोसिएशन

प्रतिनिधिसभा पुनःस्थापनाले लोकतन्त्र दिगो हुन्छ: लयर्स एशोसिएशन
+
-

काठमाडौँ- नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएशनले सर्वोच्च अदालतले गरेको प्रतिनिधिसभा पुनःस्थापनाको फैसलाबाट देशमा लोकतन्त्र दिगो हुने जनाएको छ।

मङ्गलबार एक प्रेस विज्ञप्ति जारी गर्दै एशोसिएशनले संवैधानिक इजलासबाट प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक र पारम्भतः कानूनी प्रभाव शून्य घोषित गरी संसद् पुनःस्थापना तथा १३ दिनभित्र अधिवेशन बोलाउने गरी गरेको आदेशले गलत दिशामा मोडिएको संविधान र राजनीतिलाई सही दिशातर्फ उन्मुख गरेको उल्लेख गरेको छ।

‘सर्वोच्चको फैसलाले नेपालमा संविधानवाद, विधिको शासन र लोकतन्त्रको दिगो विकास तथा प्रवद्र्धनमा दूरगामी महत्वको योगदान पुगेको छ’, एशोसिएशनका महासचिव लक्ष्मीदेवी दाहाल रावलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा प्रधानमन्त्री ओलीले गत पुस ५ गते गरेको प्रतिनिधिसभा विघटन अनाधिकार, गैरसंवैधानिक र गैरसंसदीय कदम भएको ठहरका साथ एशोसिएशनले तत्कालै आफ्नो धारणा सार्वजनिक गरेको उल्लेख छ।

‘यस ऐतिहासिक फैसलाले न्यायपालिकालाई एक पटक पुनः नेपाल र नेपालीको आशाको केन्द्रका रुपमा स्थापित गरेको छ । हामी सबै न्याय तथा कानूनकर्मीको शिर उँचो बनाएको छ। यो कसैको जय वा पराजयको विषय नभई न्याय, विवेक र सत्यको विजय हो’, विज्ञप्तिमा उल्लेख छ।

आगामी दिनमा संविधानको पालना र संरक्षणमा कटिबद्ध हुने विवेक, प्रेरणा र शक्ति प्रदान गरोस् भन्ने समेत एशोसिएशनले शुभकामना दिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?