कोरोना संक्रमणबाट निधन हुनेको स्वास्थ्य मन्त्रालयद्वारा तथ्यांक मिलान

कोरोना संक्रमणबाट निधन हुनेको स्वास्थ्य मन्त्रालयद्वारा तथ्यांक मिलान
+
-

काठमाडौँ-स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को सङ्क्रमणबाट निधन हुनेको सङ्ख्यामा मन्त्रालय र कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)को तथ्याङ्कसँग मिलान गरेको छ।

मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अहिले भएको निधनमा ६१९ जना थप गरिएको बताए।

योसँगै अहिलेसम्म निधन भएकाको सङ्ख्या दुई हजार ६८४ जना पुगेका छन्। मङ्गलबार दुई हजार ६५ जना रहेका थिए । मन्त्रालयले निधन भएका सङ्क्रमितको तथ्याङ्क विश्लेषण गर्दा ६१९ जना थपिएका हुन्।

उनले मन्त्रालय र कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)को तथ्याङ्क विश्लेषण गर्दा ६१९ जना थपिएका जानकारी दिए। ‘सिसिएमसीले सङ्क्रमणबाट निधन भएका व्यक्तिको घरमा पुगेर पनि शव व्यवस्थापन गरेको थियो’, उनले भने, ‘सिसिएमसीले प्रस्तुत गरेको तथ्याङ्कमा निधन भएकाको सङ्ख्या बढेकाले सच्याइएको हो।’

सङ्क्रमणबाट निधन भएका सङ्ख्या मन्त्रालय र सिसिएमसीको फरक परेकाले समिति गठन गरिएको थियो। सोही समितिले कोभिड–१९ बाट निधन भएका कुन हुने र कुन होइन भनेर अध्ययनका आधारमा निधन भएका नयाँ सङ्ख्याको निकालिएको हो।

उनले विश्लेषणका आधारमा भविष्यमा पनि निधन सङ्ख्या थपघट हुनसक्ने बताए। नेपालमा अहिलेसम्म दुई लाख ७३ हजार ७६० जना सङ्क्रमित, दुई लाख ७० हजार १३९ जना निको भएर घर फर्किसकेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?