रघुजी पन्तको प्रतिक्रियाः मेरो अभिव्यक्तिले कोमल वलीको भावनामा चोट पुगेकोमा दुखी छु, अदालतको सामना गर्न तयार छु

रघुजी पन्तको प्रतिक्रियाः मेरो अभिव्यक्तिले कोमल वलीको भावनामा चोट पुगेकोमा दुखी छु, अदालतको सामना गर्न तयार छु
+
-

काठमाडौँ- नेकपा केपी शर्मा ओली खेमाकी नेता कोमल वलीप्रति ‘लैङ्गिक हिंसाजन्य’ टिप्पणी गरेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ खेमाका नेता रघुजी पन्तले आफ्नो अभिव्यक्तिको आशय वलीलाई चोट पुर्‍याउने नभएको दाबी गरेका छन्।

शनिबार नुवाकोटमा आयोजित एक कार्यक्रममा पन्तले ‘पोइला जान पाम् भन्ने गीत गाएर, सारी सरक्क सर्काएर गोडा, पिंडुला देखाइदिएपछि’ उनलाई ओलीले सांसद बनाएको भन्ने अभिव्यक्ति दिएका थिए। उनको अभिव्यक्तिको व्यापक विरोध भइरहेका बेला पन्तले आइतबार देशसञ्चारसँग भने, ‘मेरो आशय कोमल वलीजीको भावनामा चोट पुर्‍याउने होइन। मेरो अभिव्यक्तिले कोमल वलीजीलाई चोट परेकोमा म दुःखी छु। तर विषयलाई बंग्याएर विवादमा तान्नु उचित होइन। म महिला समानताको पक्षमा उभिदै आएको नेता हुँ। महिलाप्रति मेरो सम्मान छ।’

पन्तले आफ्नो यौनिकतामाथि सार्वजनिकरुपमा टिप्पणी गरेपछि वलीले भनेकी थिइन्, ‘हामीले नेता मानेका रघुजी पन्त कति निच हुनुहुँदो रहेछ भन्ने बल्ल आएर खुलेको छ। पन्तजीलाई मेरो प्रश्न : तपाईको पार्टीमा कुनै पदमा रहनु भएका महिला नेतृहरुले को कसलाई पिंडुला देखाएर त्यो स्थानमा पुग्नु भएको हो? के यो देशमा महिलाले कुनै काम गर्न, कुनै पदमा पुग्न र सफलता हासिल गर्न तपाईँको जस्तो दरिद्र सोचको सिकार हुनुपर्छ ?’

पन्तले भने आफूलाई निच जस्ता शब्द प्रयोग गर्दै वली सार्वजनिकरुपमा उत्रिएकोमा पनि आपत्ति जनाएका छन्।

वलीले आफूविरुद्ध अदालत जाने तयारी गरेको प्रसंगमा पन्तले भने, ‘म फेरि पनि दोहोर्‍याउँछु। मेरो अभिव्यक्तिका कारण कोमल वलीजको भावनामा चोट पुगेकोमा म दुखी छु। तर मेरो आशय उहाँलाई चोट पुर्‍याउने होइन। परेको खण्डमा अदालतको सामना गर्छु।’

पन्तको अभिव्यक्तिको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ।

यो पनि पढ्नुहोस्

पिडुँला देखाएको भरमा ओलीले सांसद बनाएको पन्तको अभिव्यक्तिप्रति कोमल वलीको आपत्ति

पिडुँला देखाएको भरमा ओलीले सांसद बनाएको पन्तको अभिव्यक्तिप्रति कोमल वलीको आपत्ति

रघुजी पन्तविरुद्ध कोमल वली अदालत जाने

रघुजी पन्तविरुद्ध कोमल वली अदालत जाने

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?