नयाँ निर्णय अध्यावधिक र आधिकारिताको छिनोफानोका लागि प्रचण्ड-नेपाल पक्ष निर्वाचन आयोग जाँदै

नयाँ निर्णय अध्यावधिक र आधिकारिताको छिनोफानोका लागि प्रचण्ड-नेपाल पक्ष निर्वाचन आयोग जाँदै
+
-

काठमाडौँ- नेकपा प्रचण्ड-नेपाल पक्षको टोली आफ्नो केन्द्रीय कमिटी बैठकका निर्णयहरु अध्यावधिक र नेकपाको आधिकारिताको छिनोफानोका लागि आग्रह गर्न निर्वाचन आयोग जाँदैछ।

यो पक्षका कार्यालय सचिव श्रीराम खनालका अनुसार बिहीबार दिउँसो तीन बजेसम्म उनको पक्षका प्रतिनिधिहरु आयोग पुग्‍ने भएका छन्।

उनले भने,‘ हाम्रो केन्द्रीय कमिटी बैठकले गरेका निर्णय पनि आयोगमा अध्यावधिक गराउनु छ। नेकपाको आधिकारिता दिन विलम्ब गरेकोमा दबाब पनि दिनुछ। त्यसैले साथीहरु आयोग जाने तयारी गर्नु भएको हो।’

बुधबारको यो पक्षको केन्द्रीय कमिटी बैठकले हालै केपी शर्मा ओलीले नेकपा संसदीय दलको प्रमुख सचेतकमा नियुक्त गरेका विशाल भट्राईलाई निस्कासन, दलका उपनेता सुवास नेम्वाङ, सचेतकबाट शान्ता चौधरी, केन्द्रीय सदस्यहरु सूर्य थापा, प्रभु शाह,कर्ण थापालाई ६ महिना निलम्बन गर्ने निर्णय गरेको थियो।

यस्तै बैठकले नेकपाको आधिकारिताको मामिलामा अनिर्णयको बन्दी बनेको निष्कर्ष निकाल्दै आयोगलाई दबाब दिने निर्णय पनि गरेको थियो। बैठकले संसद पुनःस्थापनाको स्वागत गरेको थियो।

तर बैठकले आगामी सरकार गठन र ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने मामिलामा निर्णय अधिकार स्थायी कमिटी र सचिवालय बैठकलाई सुम्पिएको थियो। स्थायी कमिटी सदस्य लिलामणी पोखरेलको नेतृत्वको टोली आयोग जान लागेको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?