
काठमाडौ–कोभिड–१९ महामारी विरूद्ध लड्नका निम्ति संयुक्त प्रयासको रूपमा, स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रसँग समन्वय गरी नबिल बैंक, स्वास्थ्य मन्त्रालय, एशियाली प्रकोप तत्परता केन्द्र (एडीपीसी), राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण केन्द्र (एनडीपीसी) र चौधरी फाउण्डेशनद्वारा स्थानीय अग्रपंक्तिका स्वास्थ्यकर्मीका लागि क्षमता वृद्धिको पहिलो संयुक्त पहल गरिएको छ।
महामारीका लागि तत्परता र प्रतिक्रिया दिनका लागि एक दिवसीय अभिमुखीकरण कार्यक्रम ६ प्रदेशहरुमा सम्पन्न भइसकेको छ भने अर्को हप्ता कर्णाली प्रदेशमा कोभिड–१९ र अन्य स्वास्थ्य आपतकालीन-प्रकोप जस्ता महामारीका लागि तत्परता र प्रतिक्रियाका लागि स्थानीय स्वास्थ्य प्रणालीको सुदृढीकरण गर्ने लक्ष्य राखिएको छ।
दुवै सार्वजनिक र निजी स्वास्थ्य सुविधाहरू र मानवीय संगठनहरूका २८० भन्दा बढी अग्रपंतिका स्वास्थ्यकर्मीहरूले सक्रिय रूपमा एक दिवसीय अभिमुखीकरण कार्यक्रममा भाग लिए।
उक्त सन्दर्भमा यस राष्ट्रिय साझेदारी कार्यशालाले मुख्यतया प्रदेशहरूका मुद्दाहरू, चुनौतिहरू, अनुभवहरू र शिक्षालाई बाँड्न र सम्भावित संयुक्त साझेदारी र संसाधन जुटाउने अवसरहरूको पहिचानगर्न केही ठोस अनुगमनकार्यहरूको गतिलाई जारी राख्न, महत्वपूर्ण मञ्च प्रदान गर्दछ र अग्रपंतिका स्वास्थ्यकर्मीहरूका लागि स्वास्थ्य आपतकालीन तत्परता र प्रतिक्रियाको सन्दर्भमा प्रशिक्षण पुस्तिका सहित ज्ञान आदानप्रदानमा मूल्यवान जानकारीहरूको खोजी गर्न मद्दत गर्छ।
स्वास्थ्य आपतकालीन प्रतिक्रिया र प्रकोप जोखिम व्यवस्थापनमा यो अद्वितीय सार्वजनिक–निजी साझेदारी पहलहो, जुन संघीय, प्रदेशीय र स्थानीय सरकारी अधिकारीहरूले उनीहरूको कर्पोरेट सामाजिक उत्तरदायित्वको रूपमा निजी क्षेत्रबाट उल्लेख्य योगदान पुर्याएकोमा प्रशंसनीय छ।
कोभिड–१९ जस्ता महँमारीको बेला सरकार र नागरिक समाज संगठनहरूको पहललाई सहयोग पुर्याउननिजी क्षेत्रले स्थानीयरुपमालचिलो स्वास्थ्य प्रणालीको निर्माण गर्न अझ बढी कदमहरु चाल्न सक्छन्।
यो पहिलो संयुक्त पीपीपीले सबै सरोकारवालाहरुलाई गतिशीलता र साझेदारीलाई निरन्तरता दिन प्रोत्साहित गरेको छ, जसले नेपाललाई स्वास्थ्य आपतकालीन अवस्थामा विपद् थेग्न सक्ने राष्ट्रको रुपमा उभ्याउनेछ।