एकैदिन १ लाख ४३ हजार ज्येष्ठ नागरिकले लगाए कोरोना विरुद्धको खोप

एकैदिन १ लाख ४३ हजार ज्येष्ठ नागरिकले लगाए कोरोना विरुद्धको खोप
+
-

काठमाडौँ- सरकारले आइतबारदेखि ६५ वर्षमाथिका नागरिकका लागि कोभिड १९ विरुद्दको खोप अभियान सुरु गरेसँगै पहिलो दिन देशभरका १ लाख ४३ हजार १४२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार बिहान साढे १० बजे त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री केपी शर्मा ओलीले खोप लगाएसँगै ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई खोप लगाउन सुरु गरिएको हो।

स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डाक्टर झलक गौतमले दोस्रो प्राथमिकतामा परेकाहरुका लागि सुरु गरिएको खोप अभियानको पहिलो दिन साँझ ६ बजेसम्म २ हजार ९३ वटा खोप केन्द्रबाट १ लाख ४३ हजार १४२ जनाले खोप लगाएको बताए।

यस्तै सरकारले प्रतिदिन २ देखि ३ लाख जनालाई खोप लगाउने लक्ष्य लिएको छ। यता, आइतबारदेखि १० दिनसम्म ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई खोप लगाइसकेपछि ११ औं दिनदेखि ५५ देखि ६४ वर्षसम्मका नागरिकलाई खोप दिइने सरकारको तयारी छ।

तर हिमाली जिल्ला तथा उच्च पहाडी भेगको हकमा खोपको उपलब्धताको आधारमा ५५ वर्ष माथिका सबैलाई खोप लगाउन थालिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

खोप अभियानमा १५ हजार स्वास्थ्यकर्मीलाई खटाइएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?