निजी क्षेत्रले उत्पादनमूलक काममा ध्यान दिएनन्: मन्त्री आङबो

निजी क्षेत्रले उत्पादनमूलक काममा ध्यान दिएनन्: मन्त्री आङबो
+
-

विर्तामोड-प्रदेश नं १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङबोले निजी क्षेत्रले उत्पादनमूलक क्षेत्रमा ध्यान नदिएको बताएका छन्।

आइतबार झापाको विर्तामोडमा राष्ट्रिय सहकारी बैंकले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री आङबोले छिटो नाफा कमाउने उद्धेश्यले विदेशमा तयार भएको बस्तु विक्रीमा मात्र निजी क्षेत्रको ध्यान गएको बताए।

उनले भने, ‘निजी क्षेत्रले विगतमा केही बस्तु बनाएर बजारमा बेचेको इतिहासलाई चटक्कै विर्सेर अहिले अन्य देशहरुमा तयार भएका बस्तु बेच्न मात्र ध्यान दिइरहेका छन्।’ उनले अब सहकारीहरुले उत्पादनमूलक काममा लाग्नुपर्ने बताए। उनले सहकारीहरु उद्यगसंग जोडिनै पर्ने उनको भनाइ थियो।

मन्त्री आङबोले भने, ‘सहकारीहरुले रोजगारीको वातावरण सिर्जना गरेर धेरै युवालाई विदेश पलायन हुनबाट रोकेको छ। तर अब उत्पादन बढाएर व्यापार घाटा कम गर्नमा सहकारीहरुले योगदान पुर्‍योओस्।’

उनले सहकारीहरुको लगानी लक्षित बर्गसम्म पुर्याउन पनि आग्रह गरे। प्रदेशले वित्तीय कानुन बनाउँदा सरोकारवालासंग समन्वय गर्ने पनि उनले बताए।

दुई सहकारी पुरस्कृत

राष्ट्रिय सहकारी बैंकले उत्कृष्ट कारोबार गरे वापत झापाका दुईवटा सहकारी संस्थालाई पुरस्कृत गरेको छ।

झापाको विर्तामोडमा मुख्य कार्यालय रहेका सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड र शिखर बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई बैंकले आइतबार विर्तामोडमा सम्मान गरेको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?