सरकारको नेतृत्व गर्न कांग्रेस तयार छः सिटौला

सरकारको नेतृत्व गर्न कांग्रेस तयार छः सिटौला
+
-

झापा-नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले आफ्नो पार्टी सरकारमा जानसक्ने संकेत गरेका छन्।

लोकतान्त्रिक शासन व्यवस्थाको संरक्षणका लागि नेपाली कांग्रेस सरकारको नेतृत्व गर्न तथा निर्वाचनमा जान तयार रहेको सिटौलाले संकेत गरेका हुन्।

नेपाल महिला संघ झापाको आयोजनामा नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालयमा आयोजित १११ औं अन्तर्राष्ट्रिय नारी दिवस तथा सम्मान कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका कांग्रेस नेता सिटौलाले त्यस्तो संकेत गरेका हुन्।

‘प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिन नसकेको अवस्थामा र संसदले बहुमतका आधारमा नयाँ प्रधानमन्त्री चयन गर्न नसके मुलुक निर्वाचनमा जान्छ,’ उनले भने, ‘नेपाली कांग्रेस पाँच बर्षसम्म नै संसद चलोस् भन्ने चाहन्छ, जनताको म्याण्डेट बमोजिम सरकारमा जाने हाम्रो इच्छा छैन। तर संविधानको संरक्षण, लोकतन्त्रको रक्षा र न्यायिक सर्वोच्चताका लागि कांग्रेस निर्वाचन वा सरकारको नेतृत्व दुवैका लागि तयार छ।’

सर्वोच्च अदालतको नेकपा पार्टी सम्बन्धी निर्णयले प्रधानमन्त्रीले विश्वासको मत लिनैपर्ने र लिन नसकेको अवस्थामा बहुमत वा सहमतिका आधारमा नयाँ सरकार गठन गर्ने प्रावधान संविधानमा उल्लेख रहेको उनले बताए।

संविधानमा परिकल्पना गरिए अनुरुप नै संसद विघटनको निर्णयलाई बदर गरेर सर्वोच्च अदालतले न्यायिक सर्वोच्चता प्रस्तुत गर्दै संविधानको संरक्षण गरेकोप्रति प्रधानन्यायाधीश र न्यायाधीशहरुप्रति नेता सिटौलाले आभार समेत प्रकट गरे।

प्रधानमन्त्रीको संसद विघटनसम्बन्धी कदम रोकेर सर्वोच्च अदालतले मुलुकलाई ठूलो दुर्घटनाबाट बचाएको उनको टिप्पणी थियो।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष