एकता जोगाउन प्रचण्डलाई ओलीसँग मिल्न माधव पक्षको सुझाव

एकता जोगाउन प्रचण्डलाई ओलीसँग मिल्न माधव पक्षको सुझाव
+
-

काठमाडौँ- नेकपा खारेज गर्ने सर्वोच्च अदालतको फैसलालाई आफूले मान्ने निष्कर्ष निकालेको माधवकुमार नेपाल पक्षले पुष्पकमल दाहाल पक्षलाई केपी शर्मा ओली पक्षसँग मिलेर अघि बढ्न सुझाव दिएको छ।

सोमबार पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा नेपाल पक्षका अधिकांश सदस्यले पार्टी एकता जोगाउन प्रचण्ड पक्ष ओली पक्षसँग मिल्न सुझाव दिएको हो।

नेपाल पक्षका नेता रघुजी पन्तले भने,‘ सर्वोच्च अदालतको फैसला अलि बढी राजनीतिक प्रकृतिको भयो भन्ने छ। तर हामीले फैसला मान्नै पर्छ। अब पार्टी एकता जोगाउन प्रचण्ड पक्षलाई ओली पक्षसँग मिल्न सुझाव दिएका छौँ।’

उनले पार्टी एकता संविधान, लोकतन्त्र रक्षका निम्ति पार्टी एकता महत्वपूर्ण भएको हुँदा त्यो जोगिने सम्भावना अझै रहेकाले ओली र प्रचण्ड मिल्नुपर्ने बताए।

नेपाल पक्षले त्यसअघि राजधानीको एक होटलमा बसेर नेकपा एमालेमै फर्किएर संघर्ष गर्ने निष्कर्ष निकालेको थियो। स्थायी कमिटी बैठक जारी छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?