मेचीनगरमा पहिलो पटक ‘हाइटेक नर्सरी’

मेचीनगरमा पहिलो पटक ‘हाइटेक नर्सरी’
+
-

 

मेचीनगर- नेपाल सरकारको कृषि विकास रणनीति अनुगमन तथा समन्वय कार्यक्रम अन्तर्गत सिञ्चाई पूर्वाधारसहितको हाइटेक (उच्च प्रविधियुक्त) नर्सरी मेचीनगरमै पहिलो पटक आइतबारबाट सञ्चालनमा आएको छ।

मेचीनगर–९ का युवा डिल्लीराज उप्रेतीले एक कठ्ठा जग्गामा उक्त हाइटेक नर्सरी निर्माण गरेका हुन्।उक्त हाइटेक नर्सरीमा सबैखाले बाली लगाउन सकिनेछ। कृषिमा उच्चतम प्रविधिको प्रयोग गर्दै आएका उप्रेतीको यो अर्को प्रयास हो।

जिल्ला कृषि विकास कार्यालय झापा मार्फत ८ लाख ९४ हजार ४ सय ९२ रुपैयाँ सरकारी अनुदान प्राप्त र डी एन्ड डी वायोप्लानटेकको २ लाख ९८ हजार १ सय ६४ रुपैयाँगरी कुल ११ लाख ९२ हजार ६ सय ५६ रुपैयाँ खर्च भएको सञ्चालक उप्रेतीले बताए।

खेती पद्धतिलाई अत्याधुनिक र व्‍यावसायिक बनाउन नेपाल सरकारको आर्थिक सहयोगमा हाइटेक नर्सरी तयार गरिएको उनको भनाई छ। एक कठ्ठा जमिनमा तयार गरिएको हाइटेक नसरी पूर्ण रुपमा वाताअनुकूलित छ। नर्सरीभित्र बर्षैभरि खेती गर्न सकिने उप्रेतीले बताए।

२ सय माइक्रोनको प्लास्टिकबाट बनाइएको नर्सरीको टनेलमा घाम छिर्ने, पानी नछिर्ने, नच्यातिने बनाइएको छ। नर्सरी भित्रै थोपा सिञ्चाइको ब्यवस्था छ भने बिशेष प्रकारले ब्यवस्थापन गरेर टनेलको छतबाट पानी स्प्रे गरी चिसोपन कायम राख्ने ब्यवस्था समेत गरिएको छ।

प्रदेशसभा सदस्य गोपालचन्द्र बुढाथोकीले उक्त नर्सरीको उद्घाटन गरेका थिए।उद्घाटनपछि बोल्दै प्रदेशसभा सदस्य बुढाथोकीले यो नर्सरीले कृषिलाई आधुनिकीकरण गर्दै व्यवसायिक खेतीतर्फ लाग्ने अभियान शुरु भएको बताए।

मेचीनगर प्रमुख विमल आचार्यले नगरपालिका नगरलाई विषादी मुक्त नगर बनाउन लागि परिरहेका बखत हाइटेक नर्सरीले थप सहयोग पुगेको बताए । उनले व्यवसायिकरुपमा किसानले उत्पादन गरेका कृषि वस्तुको विक्री वितरणका नगरका विभिन्न स्थानमा विक्री केन्द्रको स्थापना गर्ने समेत बताए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?