अभ्यासका क्रममा टुँडिखेलबाट उडेको सेनाको प्याराग्लाइडिङ दुर्घटना, तीनजना घाइते

अभ्यासका क्रममा टुँडिखेलबाट उडेको सेनाको प्याराग्लाइडिङ दुर्घटना, तीनजना घाइते
+
-

काठमाडौँ- टुँडिखेलमा सेना दिवसमा सैन्‍य अभ्‍यास गर्ने क्रममा काठमाडौँको प्रदर्शनीमा सेनाको प्याराग्लाइडिङ दुर्घटना भएको छ।

सैन्य अभ्यासका अभ्‍यासका क्रममा सेनाको प्यारासुट अनियन्त्रित भइ जम्मा १४ जना प्यारासुटबाट झरेकामध्ये ८ जना टुँडिखेल सैनिक मञ्च भित्र र हावाको प्रभावका कारण ६ जना टुँडिखेलभन्दा बाहिर अवतरण गरेका छन्।

सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलका अनुसार हावाको प्रभावका कारण प्याराग्लाइडिङ अनियन्त्रित भई दुर्घटनामा परेको हो।

प्याराग्लाइडिङमा सवार तीनजना घाइते भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

निर्देशनालयका अनुसार तीनै जनाको अवस्था सामान्‍य रहेको छ। सेनानीसहित दुईजना भृकुटीमण्डपको ग्राउण्डमा अवतरण गर्दा उनीहरुलाई सामान्‍य चोट लागेको थियो भने एकजना सह-सेनानी राष्ट्रिय सभागृहको रुखको हांगामा खसेको हातमा हल्का चोट लागेको थियो।

यस्तै अन्‍य तीनजनामध्‍ये एकजना सिंहदरबार आसपास, एकजना अनामनगर र एकजना भद्रकालीस्थित आर्मी हेडक्वार्टर नजिकै पेट्रोल पम्प आसपासमा अवतरण गरेका थिए। उनीहरुको अवस्था सामान्य रहेको सैनिक निर्देशनालयले जनाएको छ।

सेनाले सेना दिवस नजिकिदै जाँदा कला देखाउन टुँडिखेलमा प्‍याराग्लाइडिङ अभ्‍यास गरिरहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?