कर्णाली उत्सवको दोस्रो संस्करणः देउडादेखि योगी नरहरिनाथको प्रशंसासम्म (तस्बिरहरु)

कर्णाली उत्सवको दोस्रो संस्करणः देउडादेखि योगी नरहरिनाथको प्रशंसासम्म (तस्बिरहरु)
+
-

सुर्खेत- ज्ञानबहादुर नेपाल, तिलक गन्धर्व र देवराज गिरीको मौलिक प्रस्तुतसँगै कर्णाली उत्सवको दोस्रो संस्करण कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको बुलबुले उद्यान परिसरमा बुधबार सुरु भएको छ।

संस्करणको उद्घाटन सत्रमा कर्णाली चिनाउने योगी नरहरिनाथबारे विद्वत प्रवचन प्राध्यापक डा. जगतप्रसाद उपाध्यायले दिएका छन्, जो नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव हुन्।

यस्तै उद्घाटन सत्रमा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले वीरेन्द्रनगरको वैभवबारे प्रस्तुती दिएका छन्। ‘कर्णाली, पिपुल एण्ड प्लेसेस’ पुस्तकको विमोचनमा सामल मुख्यमन्त्री शाहीले कर्णालीको विकासमा देखापरेको चुनौती र त्यसको हलमा यस्ता उत्सवको भूमिका हुनेमा जोड दिएका छन्।

सत्रमा उनले फोटो प्रदर्शनीको अनावरणसमेत गरेका थिए। सत्रमा देउडा गीतको प्रस्तुतिका साथै ‘मरीलानु के छ साँचेर नाच बरु मारुनी कम्मर भाँचेर’ शीर्षकको गीतमा मौलिक नृत्य पनि प्रस्तुत गरिएको छ।

नीति निर्माणमा सार्वजनिक बहसको महत्वबारेमा कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा. सर्वराज खड्काले बोलेका थिए। भोलिदेखि विभिन्न १६ शीर्षकका बहसहरु सुरु हुँदैछन्।

 

यो पनि पढ्नुहोस्

कर्णाली उत्सवको दोस्रो संस्करण सुरु

कर्णाली उत्सवको दोस्रो संस्करण सुरु

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?