माइभ्याली गोल्डकप: भोलि उपाधिका लागि मनाङ र थ्रीस्टार भिड्दै

माइभ्याली गोल्डकप: भोलि उपाधिका लागि मनाङ र थ्रीस्टार भिड्दै
+
-

विर्तामोड- इलामको ठूलो टुँडिखेलमा भइरहेको अन्तर्राष्ट्रिय आमन्त्रण चौथो म्याइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल भोलि मनाङ मर्स्याङदी क्लब र थ्रीस्टारविच हुँदैछ।

हिजो भएको दोस्रो सेमिफाइनल खेलमा थ्रीस्टारले सशस्त्रको एपिएफ क्लबलाई २-० को अन्तरले हराउँदै फाइनलको यात्रा तय गरेको हो। यसअघि नै त्रिभुवन आर्मीलाई हराउँदै मनाङ फाइनलमा प्रवेश गरिसकेको छ।

नेपालका चर्चित फुटवलरहरु सम्मिलित सिजनको पहिलो उपाधि हात पार्ने दाउमा यी दुई टिम मैदानमा उत्रने छन्। दावेदार मानिएका विभागीय टिमलाई सेमिफाइनलमा पाखा लगाएर फाइनल यात्रा तय गरेका दुवै टिमले भोलीको प्रतिष्पर्धा प्रतिष्ठाको लडाइका रुपमा लिएका छन्।

राष्ट्रिय टिमका उत्कृष्ट खेलाडी र अफ्रिकन मूलका खेलाडीसहित मैदानमा उत्रने दुवै टिमको लक्ष चियाबारीको गाउँवाट सिजनको पहिलो उपाधि उचाल्ने हुनेछ। विराज महर्जनको कप्तानीमा निस्कने मनाङसँग राष्ट्रिय टोलीका ७ सदस्य छन् भने निराजन खड्काको कप्तानी रहेको थीस्टारसँग ५ जना राष्ट्रिय टोलीका खेलाडी छन्।

वैशाख ६ गते सुरु भएको प्रतियोगिताको विजेताले इलाम नगरपालिकालाई बुझाउनुपर्ने मनोरञ्जन कर कटाएर ५ लाख नगद पुरस्कार प्राप्त गर्नेछ। उपविजेताको हातमा ३ लाख नगद पर्नेछ। प्रतियोगितामा नेपाल, भारत र बंगलादेशकाका गरी १२ टिमको सहभागिता छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?