माधव-झलनाथले सके एमाले कब्जा गर्नुहुन्छ, नसके विद्रोह गरेर निस्किनुहुन्छ: प्रचण्ड

माधव-झलनाथले सके एमाले कब्जा गर्नुहुन्छ, नसके विद्रोह गरेर निस्किनुहुन्छ: प्रचण्ड
+
-

बुटवल- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधव नेपाल र झलनाथ खनालहरुले एमालेभित्र विद्रोह गर्ने बताएका छन्।

बुटवलमा अगुवा कार्यकर्तामाझ बोल्दै प्रचण्डले माधव नेपाल र झलनाथ खनालसहितका नेता कार्यकर्ताहरु एमालेमै फर्किएको देखेर निराश नहुन आग्रह गरे।

‘माधव नेपाल र झलनाथ खनालहरु सल्लाहमै एमालेमा जानुभएको छ, उहाँहरु त्यहाँ बसेर केपी ओलीको निरंकुशता र गणतन्त्र विरोधी प्रवृत्तिलाई निस्तेज पार्नका लागि निरन्तर लड्नुहुनेछ, सकेसम्म उहाँहरुले एमाले कब्जा गर्नुहुनेछ, सक्नुभएन भने ठूलो विद्रोह गरेर ठूलो संख्यामा आउनुहुनेछ,’ उनले भने, ‘त्यसपछि हामी र उहाँहरुबीचमा पुन: संगठनात्मक एकता भएर अघि बढ्ने हो, साथीहरु धैर्य गर्नुहोला, एमालेमै फर्किएका साथीहरुलाई माओवादीमा ल्याउनभन्दा उतै लाग्न र उतै विद्रोह गर्न सहयोग गर्नुहोला, यसो गर्दा उहाँहरुलाई पनि सजिलो हुनेछ।’

उनले एमाले प्रवेश गरेका माओवादीलाई पनि फर्काउने प्रयास नगर्न सुझाव दिए।

‘कतिपय साथीहरुले अरु कुरा त मिलिसकेको छ, एकपटक तपाइँले भेटेर आउनुपर्‍यो भनिदिनुस् भन्नुहुन्छ,’ पार्टीमा नेताहरुले गर्ने आग्रहबारे उनले भने, ‘उहाँहरु मनैदेखि आउनुहुन्छ भने ठीक छ होइन पद र लोभले आउने हो भने उतै जान दिनुस्, हामीलाई लोभीपापीहरु चाहिएको छैन, जनयुद्धदेखिको बलिदान, त्याग गरेका व्यक्तिहरु अहिले लोभ र लाभ हेरेर अन्यत्र जाँदैनन्, उनीहरुलाई पार्टीमा संरक्षण गर्नुस्, अघि बढाउनुस् भन्ने गरेको छु।’

रामबहादुर थापा बादल र टोपबहादुर रायमाझीबारे टिप्पणी गर्दै उनले मन्त्री पदकै लोभमा जनयुद्धदेखिको त्याग र बलिदानीको अवमूल्यन गरेको भन्दै आलोचना गरे।

‘मन्त्री खानकै लागि निन्याउरो मुख लगाएर निरंकुशता स्वीकार गरेको देख्छु,’ उनले नेता कार्यकर्तालाई भने, ‘बिचरा ती साथीहरु देख्दा टिठ लाग्छ, लोभ लालचकै कारण त्यहाँ छन्, त्यस्ता लोभीलाई पार्टीमा फर्काउन कोशिस नगर्नुस्।’

उनले १९ पृष्ठ लामो दस्तावेजबाट ओलीको प्रवृत्तिविरुद्ध औपचारिक रुपमा लडाइँ शुरु भएको भन्दै त्यो दस्तावेजमार्फत केपी ओलीको बुर्जुवा हेडक्वार्टरमाथि बम प्रहार गरेको बताए।

‘केपी ओलीको गलत प्रवृत्तिका विरुद्ध लड्नुको विरुद्ध छैन, संघीय गणतन्त्र उल्ट्याउने र माओवादी आन्दोलनले प्राप्त गरेको शक्तिलाई निस्तेज पार्ने जुन प्रयास गरे त्यसपछि त्यसका विरुद्ध उभिनुपर्छ भन्ने निष्कर्षमा पुगेर १९ पृष्ठ लामो दस्तावेज मैले लेखेँ,’ उनले भने,  ‘मैले त्यो लेख्दै जाँदा केपी ओलीको निरंकुश र दक्षिणपन्थी प्रतिक्रान्तिकारी षडयन्त्रजालबाट मुक्त भएको महसुस गरेँ, केपी ओलीको बुर्जुवा हेडक्वार्टरमाथि बम हानेकै हो, त्यहीँबाट लडाई शुरु भएको हो।’

उनले लोकतान्त्रिक आन्दोलनबाट प्राप्त उपलब्धिलाई निस्तेज पार्ने प्रयत्न भएपछि पनि आफूले सहमतिकै माध्यमबाटप्राप्त उपलब्धि र मुलुकलाई मुलधारमा फर्काउने प्रयास गरेको बताए।

‘बालुवाटार धाउने, जहिले पनि सहमति खोज्ने गरेको देख्दा प्रचण्ड यत्ति रैछ कि भन्ने अनुभूति भएकै थियो होला, बालुवाटारमा मैले दाह्रा किटेर जाने गर्थे, गणतन्त्र विरोधी, संघीयता, समावेशिता विरोधी मान्छेलाई आफै प्रधानमन्त्री बनाउनुपरेको छ,’ उनले कार्यकर्तामाझ आफ्ना बाध्यता र परिस्थितिवश त्यसो गरेको सम्झाउन खोज्दै थिए, ‘भएको सहमति लागू गर्दैनन्, लागू गराउन बिन्ती गर्नुपर्‍याजस्तो थियो, आम जनता र कार्यकर्तामा पनि यो के भएको हो भन्ने भएकै थियो।’

उनले सर्वोच्चको फैसलाले दुई पार्टीलाई पुनस्थापित गरेकोमा खुशी लागेको बताए।

‘कुरा नमिल्ने र जनताको बलमा प्राप्त उपलब्धिलाई स्वीकार नगर्ने प्रवृत्ति भएका व्यक्तिसँग बस्नुभन्दा यही अवस्था ठीक छ,’ उनले भने, ‘ओलीले माधव नेपाल र झलनाथ खनालहरु फर्किँदैनन् र आफूले मन लागेजसरी पार्टी चलाउँछु भनेर जे सोचेका थिए त्यो हुँदैन, संविधान, संघीयता, लोकतन्त्र र समावेशिता मास्न दिइँदैन।’

प्रचण्डले पार्टीमा जीवनभर खटिएर ठूलो त्याग गरेका व्यक्तिहरुलाई स्थान दिनुपर्नेमा जोड दिँदै त्यस्ता व्यक्तिलाई अघि बढाउनका लागि खट्न पनि आह्वान गरे।

‘अब म धेरै समय काठमाडौँ हैन, तपाइँहरु माझ र जनताका माझमा बिताउँछु, काठमाडौँमा बसेर जतिबेला पनि सत्ता र स्वार्थका लागि लड्नेहरुकै कुरा सुनेर कतै त्यस्तै पो भइने हो कि भन्ने डर पनि थियो,’ उनले भने, ‘उपयुक्त समयमा उपयुक्त माहोल बनेको छ, अब म देशभर संगठन बनाउन र जनयुद्ध, जनआन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्नका लागि माहोल बनाउनका लागि खटिनेछु।’

उनले पार्टी एकतापछि संगठन विस्तारमा कम चासो र ध्यान भएको स्वीकार्दै संगठन बलियो बनाउनका लागि खटिन कार्यकर्तालाई निर्देशन दिए।

‘साथीहरु हामीले अरुको भर परेर हुन्न भन्ने पाठ पनि सिक्यौँ, अब अरुको आश पनि नगरौँ र भर पनि नपरौँ,’ उनले भने, ‘संगठन विस्तार गर्दै बलियो भएर जाउँ, पहिलो पार्टी हुने शक्ति हामीसँगै थियो, त्यो शक्ति ल्याउने गरी लागौँ हाम्रा लक्ष्य र उद्देश्यहरु अवश्य पूरा हुनेछन्।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?