नेकपा माओवादी केन्द्रमा पार्टीको नाम परिवर्तनलाई लिएर मत बाझियो

नेकपा माओवादी केन्द्रमा पार्टीको नाम परिवर्तनलाई लिएर मत बाझियो
+
-

काठमाडौँ- नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक पहिलो दिन पार्टीको नाम परिवर्तन र एमालेतिर गएका नेताहरुलाई कारवाही गर्ने मामिलामा निर्णय लिन असफल भएको छ।

पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आइतबार बसेको बैठकमा प्रदेशका इन्चार्जले आ–आफ्नो क्षेत्रको रिपोर्ट प्रस्तुत गर्नुबाहेक अन्य विषयमा ठोस निर्णय नभएको हो।

आइतबारको बैठकको एजेण्डाकै रुपमा प्रस्तुत गरिएको पार्टीको नाम परिवर्तन गर्ने मामिलामा केही सदस्यहरुले यसमा हतार गर्न नहुने सुझाव पेश गरेका थिए।

बैठकमा सहभागी एक केन्द्रीय सदस्यले भने, ‘पार्टीको नाम परिवर्तन गर्ने प्रस्ताव माथिल्लो तहबाट आएको छ। प्रस्ताव अनुमोदन होला जस्तो छैन। केही साथीहरुले अहिले हतारमा पार्टीको नाम परिवर्तन गर्न नहुने सुझाव दिएका छन्। मेरो पनि सुझाव त्यही नै हो।’

ती सदस्यका अनुसार सोमबार बस्ने बैठकमा पनि यसबारे छलफल हुनेछ।

माओवादी केन्द्रको शनिबारको बैठकले एमालेतिर गएका गृहमन्त्री रामबहादुर थापासहितका नेताहरुलाई आफ्नो धारणा स्पष्ट पार्न २४ घण्टे अल्टिमेटम दिएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?