
काठमाडौँ- नेकपा अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय कमिटी बैठक जारी छ। बालुवाटारमा बैठक जारी रहेको केन्द्रीय सदस्यहरुले बताएका छन्। यसअघि ओलीले संसदीय दलको बैठक बोलाएका थिए।
बैठकले पार्टीको विधान संशोधन गरेको थियो।
विशाल भट्टराईको संयोजकत्वको शेरबहादुर तामाङ र विमला राई पौडेलको समितिले दलको विधान २०७२ आवश्यक संशोधनसहित प्रस्ताव तयार पारेको थियो।
शनिबार १० जना सांसदले सुझाव पेश गरेका थिए र सोही प्रस्ताव पारित गर्दै बैठक सकिएको थियो। भट्टराईले विधानको त्रुटी सच्चाएर समयानुकुल बनाएको बताए।
तर के संशोधन गरेको हो भन्नेबारे उनले खुलाएका छैनन्। सोही संशोधित विधान केन्द्रीय कमिटी बैठकले पारित गर्दैछ।