ओली पक्षीय केन्द्रीय कमिटीको निर्णय: स्थायी कमिटी बैठक अध्यक्ष र महासचिवले प्रस्ताव गर्ने

ओली पक्षीय केन्द्रीय कमिटीको निर्णय: स्थायी कमिटी बैठक अध्यक्ष र महासचिवले प्रस्ताव गर्ने
+
-

काठमाडौँ– केपी शर्मा ओली पक्षीय नेकपा एमाले केन्द्रीय कमिटीको बैठकले स्थायी कमिटी बैठक अध्यक्ष र महासचिवले प्रस्ताव गर्ने निर्णय गरेको छ।

शनिबार बालुवाटारमा भएको केन्द्रीय कमिटी बैठकले बाँकी कार्य विभाजन गर्न संगठन विभाग प्रमुख विष्णु पौडेल, शंकर पोखरेल र टोपबहादुर रायमाझीलाई १० दिनभित्र प्रस्ताव गर्ने निर्णय गरेको छ।

यस्तै प्रदेश कमिटी बनाउँदा प्रदेशका  इन्चार्ज सहइन्चार्ज संयोजक र सहसंयोजकको सिफारिसमा केन्द्रीय कमिटीले गर्ने निर्णय भएको छ।

बैठकले जनसंगठनको हकमा टोपबहादुर रायमाझीले सम्बन्धित जनसंगठनको इन्चार्ज, सह–इन्चार्ज, अध्यक्ष, सह–अध्यक्ष, महासचिव पदाधिकारीसम्म सल्लाह गरेर सम्मेलन आयोजक समिति बनाउने निर्णय गरेको छ।

यता प्रवास क्षेत्रको कमिटीको व्यवस्था गर्न बिन्दा पाण्डेले सम्बन्धित इन्चार्ज, सह–इन्चार्ज, संयोजक, सह–संयोजकसँग सल्लाह गरेर गर्ने निर्णय भएको छ।

यस्तै बैठकले महासचिवको नेतृत्वमा सचिवालयको व्यवस्थापनमा २२ अप्रिलका दिन मदननगर बल्खुमा पार्टी कार्यालय शिलान्यास गर्ने निर्णय पनि गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?