
बुटवल– रुपन्देहीको तिलोत्तमामा युवती बलात्कारको आरोपमा एकजना प्रहरी जवान पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक प्रतित सिंह राठौरका अनुसार नवलपरासी जर्घामा कार्यरत प्रहरी जवानले तिलोत्तमा–११ की अन्दाजी १९ वर्षिया युवतीलाई बलात्कार गरी हत्या प्रयास गरेको अभियोगमा मुद्दा दर्ता भएको छ।
प्रहरी जवानलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।
पीडित युवतीको परिवार श्रोतले दिएको जानकारी अनुसार शनिबार बिहान करिब ५ बजेको समयमा ती युवकले युवतीलाई बलात्कार गरी घाँटी थिचेर हत्या गर्ने प्रयास गरेका थिए।
‘युवतीको घाँटीमा झोलाको फिताले कसेर लतार्दै जंगलमा फ्याँकिएको रहेछु,’ पारिवारिक श्रोतले भन्यो, ‘उनी बेहोस भएपछि युवकले मर्यो भन्ने ठानेर त्यसै छोडेर फरार भयो। पछि युवती आफै उठेर अचेत अवस्थामा हिँडिरहेको देखेपछि स्थानीयले उद्दार गरेका हुन्।’
घटनाबारे जानकारी पाएलगत्तै स्थानीयले प्रहरीलाई खबर गरेपछि आरोपित पक्राउ परेका छन्। युवतीलाई रुपन्देहीको एक अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ।