घनश्याम भुसालसँग भिडियो अन्तर्वार्ता

‘ओली गिरोहको सरदार भइसके, झुक्ने ठाउँ छैन’

+
-

काठमाडौँ- माधवकुमार नेपाल पक्षको माग विपरीत नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा निर्णयहरुको श्रृङ्खलालाई निरन्तरता दिएका छन्।

शनिबार ओलीले समानुपातिक सांसदको बन्दसूची हेरफेर, केन्द्रीय र मातहत कमिटी सदस्यको बिदाई, मनोनयन तथा कारवाहीको अधिकार एकलौटी रुपमा ओली आफैले लिए। त्यसमा सरकारमा आफू रहिरहने ओलीको रणनीति स्पष्ट देखिन्छ।

ओलीले एमाले नेता नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पार्टी हित विपरीत काम गरेको आरोपसहित स्पष्टीकरण सोध्ने निर्णय पनि केन्द्रीय कमिटी बैठकबाट गराएका छन्।

ओलीले २८ गते थप गरिएका केन्द्रीय सदस्यसहित २ सय ६४ सदस्यीय आयोजक कमिटी बनाउने र त्यसको अध्यक्ष आफै र महासचिव ईश्वर पोखरेललाई बनाउने निर्णय पनि गरेका थिए।

ओलीले आगामी वर्ष मंसिर २ देखि ६ गतेसम्मका लागि तय गरिएको महाधिवेशनसम्म अन्य पदाधिकारी र स्थायी कमिटीबारे प्रस्ताव प्रस्तुत गर्ने जिम्मा अध्यक्ष र महासचिवलाई दिएका थिए।

यस्तै केन्द्रीय सदस्यहरूको कार्यविभाजनको प्रस्ताव तयार पार्न उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य शंकर पोखरेल र टोपबहादुर रायमाझी सम्मिलित समिति पनि बनाएका छन्।

यसअघि फागुन २८ गते ओलीले आफूहरुलाई ‘बाइसाप’ गरी विधान विपरीत पार्टी विधान संशोधन, आफू पक्षीय केन्द्रीय कमिटीका पदाधिकारीहरुको जिम्मेवारी हेरफेर र परिवर्तन तथा नेकपा एमालेको सदस्य नै नरहेका केही व्यक्तिहरुलाई केन्द्रीय कमिटीमा मनोनयन गर्ने जस्ता अवैध निर्णय गरेको आरोप नेपाल पक्षले लगाएको छ।

नेकपा एमाले र माओवादी केन्द्रबीच पुनः एकताको सम्भावनाबारे छलफल गर्न निर्वाचन आयोगले १५ दिनको समय दिएका बेला ओलीले पार्टीको स्थायी र पोलिटब्यूरो बैठक नबोलाई एकैपटक केन्द्रीय कमिटीको विशेष बैठक बोलाएका थिए।

त्यसलाई बैठक नै मान्न तयार नभएको नेपाल पक्षले ओलीका २८ गतेका निर्णय फिर्ताको माग गरिरहेका बेला ओलीले आइतबारको केन्द्रीय कमिटी बैठकबाट थप निर्णयहरु गरेका हुन्। अब नेपाल पक्षले आत्मालोचनासहित माफी नमागे थप कारवाही अघि बढाउने चेतावनी ओलीले दिइसकेका छन्।

तर नेपाल पक्षका नेता एवं पूर्वमन्त्री घनश्याम भुसालले ओलीले आफूहरुसँग बदला लिन यस्ता निर्णयहरु गर्दै जाने आँकलन गरेका छन्। तर ओलीका विधानविपरीतका यस्ता निर्णयहरुको सामना गर्न आफूहरु तयारी अवस्थामा रहेको भुसालको भनाइ छ।

भुसालले ओली गिरोहको सरदार भएको आरोप लगाए। उनले भने, ‘आफू सर्वशक्तिमान बन्ने शनिबारको निर्णयसँगै केपी शर्मा ओली एउटा गुटको नाइकेमा मात्रै सीमित नभइ एउटा गिरोहको सरकारका रुपमा चिनिएका छन्। मेरो ब्याख्या त्यही हो।’

देशसञ्चारले लिएको भिडियो अन्तर्वार्तामा भुसालले ओलीबाट भएका निर्णय, आफूहरुको मान्यता र आगामी दिनका योजनाबारे खुलेर धारणा राखेका छन्।

प्रस्तुत छ, उनको भिडियोअन्तर्वार्ताः

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?