नेपालसहित चार नेतालाई फकरफरक स्पष्टीकरण, प्रचण्डको मतियार बनेको घनश्यामलाई आरोप (पत्रसहित)

नेपालसहित चार नेतालाई फकरफरक स्पष्टीकरण, प्रचण्डको मतियार बनेको घनश्यामलाई आरोप (पत्रसहित)
+
-

काठमाडौं- नेकपा एमाले महासचिव ईश्वर पोखरेलले पार्टीका आफ्ना विरोधी माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई फरकफरक घटनाका आरोपसहित स्पष्टीकरण सोधेका छन्।

जबाफ नदिएमा या चित्तबुझ्दो नभएमा भने कारवाही एकै किसिमको हुने देखिएको छ। चार जना नेतालाई नै विधानको धारा ४९ को क को १, २, ३, ४, ५, ६, ७, ९, १० र १४ उल्लंघन गरेको सप्रमाण भएकोले पार्टी विधान बमोजिम कारवाही किन नगर्ने भन्ने प्रश्न गरिएको छ।

साथै तीन दिनभित्र स्पष्टीकरणसहित लिखित जबाफ प्रस्तुत नगरेमा पार्टीको विधान र नियमावली बमोजिम कारवाही हुने चेतावनी दिइएको छ।

पोखरेलले चारै जना नेतालाई पार्टी अध्यक्ष र आफ्नो मौखिक तथा लिखित निर्देशन विपरीत चैत्र ४ र ५ गते भेला आयोजना गरेको साझा आरोप लगाएका छन्।

भेलामा पार्टीको निर्देशन विपरीत पार्टीको नाम, चिन्ह र झण्डाको दुरुपयोग गरेको आरोप चारै जना नेतालाई पोखरेलले लगाएका छन्।

नेता नेपाललाई नेकपा रहँदा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको आरोपपत्र पत्र तयार पार्न पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सहयोग गरेको आरोप लगाइएको छ।

नेता सुरेन्द्र पाण्डे र भीम रावललाई ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेकोमा आरोप लगाइएको छ।

नेता घनश्याम भुसाललाई लगाइएको आरोप पत्र भने यस्तो छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?