नेपाल–खनाल पक्षको ९ घण्टा लामो बैठकको निष्कर्ष

‘ओली नै पार्टी फुटाउन उद्यत, स्पष्टीकरणको जवाफसँगै प्रश्न पनि सोध्ने’

‘ओली नै पार्टी फुटाउन उद्यत, स्पष्टीकरणको जवाफसँगै प्रश्न पनि सोध्ने’
+
-

काठमाडौँ – नेकपा एमाले वरिष्ठ नेता माधवकमार नेपाल र झलनाथ खनाल पक्ष पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिखित जवाफ दिनुका साथै प्रश्न समेत सोध्ने निष्कर्षमा पुगेका छन् । तर त्यो जवाफ अलग-अलग दिने या संयुक्त रुपमा दिने भन्नेमा ठोस निर्णय लिन नेताहरु असफल भएको छन्।

बुधबार राजधानीको मनमैँजुस्थित एक घरमा करिव ९ घण्टा नेता नेपाललगायत यो पक्षका स्थायी कमिटी सदस्यहरु तीव्र छलफलमा जुटेपनि ओलीलाई अलग-अलग या संयुक्तरुपमा जवाफ दिने भन्नेबारे निर्क्यौल गर्न असफल भएका हुन्।

ओलीले पार्टी विभाजन गर्ने रणनीतिसहित महासचिव ईश्वर पोखरेलमार्फत नेकपामा रहँदा र एमालेमा आएपछिका गतिविधिलाई आधार बनाउँदै पार्टी विधान उल्लंघन गरेको आरोपसहित नेता नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई तीन दिन अघि चैत्र ९ गते केही साझा र केही अलगअलग प्रश्नहरुसहित स्पष्टीकरण पत्र पठाएका थिए।

पत्रमा उनीहरुलाई तत्कालीन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को मतियार भएको देखि ओलीविरुद्ध षड्यन्त्र गरेको र पार्टी विभाजनका लागि गतिविधि गरेको आरोप लगाइएको थियो।

जबाफ फर्काउने अन्तिम म्याद बुधबार भएकाले त्यसलाई केन्द्रमा राखेर नेपाल खनाल पक्षका स्थायी कमिटी सदस्यहरुले छलफल गरेका थिए।

छलफलमा सहभागि एक स्थायी कमिटी सदस्यका अनुसार छलफलमा ओलीले पठाएको स्पष्टीकरण पत्र राजनीतिक भएकाले त्यसको जबाफ दिइरहन आवश्यक नभएको भन्ने धारणा पनि आएको थियो।

तर ओलीले गलत आरोप लगाएको र त्यसको जबाफ नदिँदा जनतामा भ्रम फैलिने भएकाले उनलाई जबाफ दिनुपर्ने धारणा पनि आएका थियो।

छलफलको अन्तिममा ओलीले पठाएको स्पष्टीकरणको जबाफ लिखितरुपमा दिने र आफूहरुका तर्फबाट पनि ओलीले गरेका गल्तीलाई समेटेर प्रश्नहरु सोध्ने भन्ने निष्कर्षमा उनीहरु पुगेका थिए।

तर जबाफ र प्रश्न बेग्लाबेग्ला या संयुक्तरुपमा दिने भन्नेमा बिहीबार थप छलफल गरेर टुंगोमा पुग्ने निर्णय भएको छ।

ती सदस्यले देशसञ्चारसँग बुधबार अबेर भने, ‘ओलीले जुन किसिमबाट स्पष्टीकरण सोधेका छन्, त्यसको जबाफ कसरी दिने भन्नेमा हाम्रो सामान्यतया लामो छलफल भयो। केहीले यो राजनीतिक प्रतिशोध साधेर लेखेको स्पष्टीकरण भएकाले जबाफ नै नदिनु राम्रो हुने धारणा राख्नु भयो। केहीले जनतालाई भ्रम हुने भएकाले हाम्रो तर्फबाट पनि प्रश्न सोधेर उनीहरुको प्रश्नको जबाफ दिने भन्ने धारणा राख्नु भयो। अन्तिममा केही न केही लेख्ने भन्नेमा हामी पुगेका छौँ तर बेग्लाबेग्ला जबाफ दिने र प्रश्न गर्ने कि, सामूहिक जबाफ दिएर प्रश्न लेख्ने भन्नेमा आज एक मत हुन सकेन। सोचेर भोलि भेटौँ भनेर हामी उठ्यौँ।’

छलफलमा ओली पक्षले नक्कली स्पष्टीकरण पत्र लेख्नु, विधानले नचिन्ने आयोजक कमिटी बनाउनुको अर्थ उनीहरु पार्टी विभाजन नै गर्न चाहने निष्कर्ष पनि नेपाल पक्षले निकालेको छ।

यसको कानुनी र राजनीतिक उपचारबारे आफूहरुले बेलैमा सोच्नुपर्ने सुझाव स्थायी कमिटी सदस्यहरुले नेता नेपाललाई दिएका छन्।

छलफलमा सहभागी अर्का एक स्थायी कमिटी सदस्यका अनुसार ओलीलाई लेखिने प्रतिउत्तर गोप्य भने हुने छैन।

‘ओली पक्षले हाम्रो पक्षलाई स्पष्टीकरण पत्र पठाउँदा हामीलाई भन्दा पहिले आफू निकट मिडियालाई दिएको हामीलाई थाहा छ। हामीले पनि यसलाई गोप्य राख्नुपर्छ भन्नेमा छैनौँ,’ ती सदस्यले भने।

गत फागनु २८ गते सर्वोच्च अदालतले नेकपा भंग गर्दै नेकपा एमाले र नेकपा माओवादी ब्यूँताउने फैसला गरेको थियो।

त्यसपछि ओली पक्षबाट भएका निर्णयहरुमा नेपाल पक्षले असहमति जनाउँदै आएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?