
काठमाडौँ- नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका नेताहरुलाई महासचिव ईश्वर पोखरेलबाट आएको स्पष्टीकरणको जबाफ र आफ्ना प्रश्नहरु छुट्टाछुट्टै पठाउने भएका छन्।
पार्टी कार्यालयमा बुझाउन जबाफ र आफ्ना प्रश्नहरुको पत्र उनीहरुले छुट्टाछुट्टै तयार गरेका छन्। उनीहरुले बिहीबार त्यसको अन्तिम रुप दिँदै छन्। स्रोतका अनुसार सम्भवत बिहीबार नै उनीहरुले ती पत्रहरु पार्टी कार्यालयमा बुझाउने छन्।
पत्रहरुमा उनीहरुले पोखरेलले सोधेका प्रश्नको जबाफ र आफ्ना प्रश्नहरु तयार समावेश गर्दै छन्। नेता नेपालको पत्र मात्रै ९ पृष्ठको रहेको स्रोतले बतायो।
ओलीले चार दिन अघि नेता नेपाल,सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसाललाई स्पष्टीकरण सोधेका थिए। स्पष्टीकरणको जबाफ पठाउने अन्तिम म्याद बुधबार थियो।