
काठमाडौँ – अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई ६ महिनाका लागि निलम्बन गरेपछि आन्तरिक परामर्शमा व्यस्त बनेका नेकपा एमाले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले ओलीको कारबाहीबाट बिचलित नभएको प्रतिक्रिया दिएका छन्।
देश सञ्चारसँगको फोन अन्तर्वार्तामा नेता पाण्डेले आफूलाई निलम्बन गर्ने ओलीको निर्णय नियोजित र पूर्वनिर्धारित भएको बताए।
उनले भने, ‘कम्युनिष्ट आन्दोलन होस् या नेकपा एमालेलाई समाप्त पार्ने पात्रको रुपमा अघि बढ्नुभएको छ। यसैको सिलसिलको कडी हो भन्ने बुझेको छु।’
पाण्डेले ओलीले आफ्नो हात समातेर आफूलाई नलगाएकाले डर्याउनुपर्ने अवस्था नरहेको बताए।
ओलीविरुद्धको अभियानमा आफू दृढ भएर अघि बढ्ने नेता पाण्डेकाे भनाइ छ। उनले भने, ‘यसअघि ठुल्ठूला तानाशाही ढलेका छन्। ओलीका निरंकुशता र तानाशाही प्रवृत्ति अन्त्य भएको हेर्न बाँकी छ।’
तर, कम्युनिष्ट आन्दोलनलाई बचाउने कोसिसमा आफूहरु रहेको उनको भनाइ छ।
उनले थपे, ‘निलम्बन पत्रले म बिचलित छैन, ओली पराजित हुनेछन्, हामी सफल हुन्छौँ।’
उनले गुटका माध्यमबाट पार्टी कब्जा गरेको बताए।
ओलीले बिहीबार उनलाई र नेता घनश्याम भुसाललाई आफूले सोधेको स्पष्टीकरण चित्त नबुझेको निष्कर्ष निकाल्दै ६ महिनाका लागि निलम्बन पत्र काटेका थिए।
सुरेन्द्र पाण्डेसँगको टेलिफोन अन्तर्वार्ताः