
काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमाले वरिष्ठ नेता झलनाथ खनाललाई भेट्न डल्लु जाँदैछिन्।
शनिबार दिउँसो तीन बजे समसामयीक विषयमा छलफलका लागि उनी डल्लु जान लागेको राष्ट्रपति कार्यालय स्रोतले बतायो।
तर पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा लाग्नका निम्ति ‘लविङ’ गर्न राष्ट्रपति डल्लु जान लागेको अनुमान गरिएको छ।
हाल खनाल र अर्का वरिष्ठ नेता माधवकुमार नेपाल ओलीसँग वारपारको लडाईँमा छन्।