‘सर्वहारा’ नेपाल–खनाल पक्ष टाउको ढाक्ने आकाश खोज्दै

‘सर्वहारा’ नेपाल–खनाल पक्ष टाउको ढाक्ने आकाश खोज्दै
+
-

काठमाडौँ- पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग वारपारको लडाइँमा रहेका एमाले वरिष्ठ नेता माधवकुमार नेपालले बुधबार बबरमहलमा आफूनिकट युवा संघले खोलेको कार्यालय उद्घाटन गर्दै भने, ‘युवा संघले छुट्टै कार्यालय खोलेर राम्रो काम गर्‍यो।’ ढिलोचाँडो यो कार्यालय आवश्यक भएको नेपालको आशय थियो।

युवा संघको प्रशंसामा सीमित रहेनन् उनी। उनले मुठ्ठी दानबाट पार्टी कार्यालय पनि निर्माण गर्ने उद्घोष गरे। पार्टीबाट ६ महिनाका लागि निलम्बनमा परिसकेका नेपालले ओलीसँगै समानान्तररुपमा आफ्ना खेमाका गतिविधिलाई निरन्तरता दिएमा उनलाई ओलीले पार्टीबाट निष्काशन गर्ने या ओलीसँग सहअस्तित्व सम्भव नहुँदा अर्को दल खोल्नुपर्ने बाध्यतामा नेपाल पर्ने देखिन्छ। त्यस्तो अवस्था आएमा के गर्ने? त्यसको पूर्वतयारीका रुपमा हेरिएको छ उनी निकट निकट युवा संघ गठन र उसको कार्यालय उद्घाटन।

युवा संघका पदाधिकारीको जस्तै तयारीमा नेताहरु पनि जुटेका छन्। सकेसम्म आफ्नै, नभए भाडामा भए पनि आफ्नो कार्यालय खोल्नुपर्ने चटाराेमा नेपाल पक्षका नेताहरु छन्। यो पक्षका केन्द्रीय सदस्य एवं सांसद झपट रावलले भने, ‘परिस्थिति जटिल बन्दै गएको छ। सकेसम्म मुलुकको कम्युनिष्ट आन्दोलन र नेकपा एमाले बचाउने कोशिस गर्ने छौँ। सकिएन भने के गने? देशव्यापीरुपमा संगठन विस्तार गर्न र पार्टी सुदृढीकरणका लागि कम्तीमा आफ्नो कार्यालय त चाहियो त्यसको पनि हामीले खोजी गरेका छौँ।’

वास्तवमा ओलीसँग अलगिँदा नेपाल र उनलाई साथ दिँदै आएको वरिष्ठ नेता झलनाथ खनाल पक्ष आश्रयविहीन अवस्थामा पुग्नेछ। यसअघि नेपाल–खनाल पक्ष अनुपस्थिति रहेको बैठकबाट ओलीले वैशाख ९ गते मदन नगरमा पार्टी कार्यालयको शिलान्यास गर्ने घोषणा गरिसकेका छन्।

भूकम्पले क्षति पुर्‍ याएकाे एमालेको पुरानो पार्टी मुख्यालय पुनर्निनिर्माण गर्ने घोषणा गरिए पनि त्यसको सट्टा नयाँ भवनको शिलान्यासको निर्णयमा ओली पुगेका हुन्।

पार्टी विभाजन भएको खण्डमा उपत्यकासँगै बाहिरी जिल्लामा रहेका पार्टीका जे जति सम्पत्ति छन् त्यसमा ओली पक्षले हक जमाउने निश्चित भएको नेपाल–खनाल पक्षका नेताहरुको बुझाइ छ।

उता, फागुन २३ गते सर्वोच्च अदालतले नेकपा भंग गरी पूर्वएमाले र माओवादी ब्युँताएपछि पेरिसडाँडालगायत संरचनामा नेकपा माओवादी केन्द्रको स्वतः हक कम भएको थियो।

हाल एमालेको पार्टी मुख्यालय रहेको धुम्बाराहीस्थित पासाङ ल्हामु शेर्पा पर्वतारोहण प्रतिष्ठान भवन खाली गर्नुपर्ने भएपछि यसको कार्यालय बबरमहल सार्ने निर्णय ओलीले गरिसकेका छन्।

ओलीका आर्थिक सल्लाकार मोतीलाल दुगडले व्यापारी अजय अग्रवालको घर पार्टी कार्यालयका लागि पाँच वर्षका लागि भाडामा लिएको घोषणा गरेका छन्।

तर, अग्रवालले यो भवन भाडामा दिएवापत कति रकम लिँदै छन् भन्ने खुलाइएको छैन।

दुगडले आगामी दुई वर्षभित्र बल्खुमा आफ्नै पार्टी कार्यालय निर्माण गरिसक्ने दाबी गरेका छन्।

कानुन सम्मत तरिकाले एमाले विभाजन भई अदालतले हस्तक्षप गरेको खण्डमा या सहमतिबाट मात्रै दुवै पक्षले पार्टीको सम्पत्तिमा हक दाबी गर्न पाउने पूर्वअभ्यास छ। तर, ओली र नेपालको हकमा त्यो अभ्यास लागू हुने सम्भावना निकै कम छ।

नेकपा रहँदा खेरी नै सुदूरपश्चिम प्रदेश पार्टी कार्यालयमा ओली पक्षले तालाबन्दी गरेर भीम रावललाई प्रवेश निषेध गरेका थिए।

यता, रावलले भने केन्द्रीय कार्यालयमा सञ्चित १८ करोड बढी रकम दुरुपयोग गर्न आफूलाई सहज तुल्याउने अभ्यास गर्नु भएको मात्र हो किन नभन्ने? भन्दै ओलीलाई प्रश्न सोधेका छन्।

ओलीले पठाएको स्पष्टीकरणको जवाफ दिने क्रममा रावलले आफ्नो पत्रमा ओलीलाई १८ करोडबारे सोधेका हुन्। त्यसअघि १८ करोड हिनामिना गरेको आरोप रावललाई ओलीले लगाएका थिए।

ओलीले नेता नेपाल र रावलसँगै घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पनि अनुशासनात्मक कारबाही गरेका छन्। ओलीले आफ्ना चार जना नेतालाई ६ महिनाका लागि निलम्बन गरेपछि यो पक्षले ओलीविरुद्ध अन्तरसंघर्षलाई निरन्तरता दिने कि नयाँ पार्टी दर्ता गर्ने भन्नेमा अझै निर्णय लिन सकेको छैन। तर,  ढिलोचाँडो ओली र नेपाल पक्ष छुटिट्ने स्थिति भने स्पष्ट भइसकेको छ। त्यस्तो अवस्थामा नेपाल पक्षलाई आफ्ना गतिविधि अघि बढाउन आफ्नै कार्यालय आवश्यक पर्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?